६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर कम्युनिष्ट पार्टीले मनायो जनयुद्ध दिवश


१ फाल्गुन २०७५, बुधबार  

0
Shares

नेपाल कम्युनिष्ट पार्टी ललितपुरले बुधबार विहान पार्टी कार्यालयमा अन्र्तक्रिया आयोजना गरेर जनयुद्ध दिवश मनाएको छ । पार्टीको सथायी समिती सदस्य पम्फा भुसालको सभापतित्वमा आयोजित कार्यक्रममा जनयुद्ध दिवश मनाउन स्थानीय नेताहरु हरि दाहाल,ललित सुशीला नेपाल, ,हरिकृष्ण व्यञ्जनकारलगायत पुगेका थिए ।
महान जनयुद्ध र जनआन्दोलनको स्मृतीमा आयोजित अन्र्तक्रिया कार्यक्रम लेखिएको व्यानर टाँगिएको थियो । सहिदहरुको सम्झनामा मौन धारण कार्यक्रमबाट शुरु भएको अन्र्तक्रियामा वत्ताहरुले परिर्वतनका लागि जनयुद्ध र जनआन्दोजन भूमिकाको विषयमा चर्चा गरेका थिए । साविकको माओवादी केन्द्र र नेकपा एमालेबीच पार्टी एकता भएपछि पहिलो पल्ट जनयुद्ध दिवश मनाइएको हो ।

तस्विर ः दिलिप दाहाल

प्रकाशित मिति : १ फाल्गुन २०७५, बुधबार  १० : १८ बजे