११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चक्रपथ सफा गर्न कलाकार पत्रकारलाई निम्ता


४ फाल्गुन २०७५, शनिबार  

0
Shares

ललितपुर खबर
ललितपुर
४ फागुन २०७५


हरेक शनिबार हुँदै आएको चक्रपथ सरसफाई कार्यक्रममा कलाकार र पत्रकारलाई निमन्त्रण गर्ने तयारी भइरहेको छ । चक्रपथ सरफाई तथा सुन्दता अभियानका संयोजक लक्ष्मी गेलालले कलाकार पत्रकार खेलाडीलगायत समाजका प्रतिष्ठित व्यक्तिहरुलाई निम्ता गरेर सहर सरसफाई अभियानलाई अघि बत्ढान चाहेको ललितपुर खबरलाई जानकारी दिए ।
माघ १२ गतेबाट बल्खुको पुलबाट शुरु भएको सरसफाई अभियान शनिबार सानेपा क्षेत्रमा जारी थियो । शनिबार भएको सरसफाईमा स्थानीय नेता पम्फा भुसालको लगायत विभिन्न संघ संस्थाको सहभागीता थियो ।


वागमती सरसफाई अभियानसम्बद्ध विभिन्न संघ संस्था,टोल सुधार समितीहरुको सहभागितामा चक्रपथ सरसफाई गरिएको हो ।
अभियान वालकुमारी पुलसम्म पुग्नेछ । त्यसपछि कोपण्डोलबाट भैसेपाटी मंगलबजार ग्वार्कोलगायत शहरका भित्री भाग पनि सरसफाई हुनेछ । अभियान सातदोवाटो चापागाँउ ग्वार्को लामाटार सातदोवाटो गोदावरीसम्म पनि लैजान चाहेको गेलालको भनाई छ । उनी भन्छन् अ,िभयान संचालन गर्न स्थानीय संघसंस्थार जनताको साथ चाहिन्छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  ११ : २८ बजे