६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुनिता उत्कृष्ट वक्ता


४ फाल्गुन २०७५, शनिबार  

0
Shares

 

ललितपुर खबर
ललितपुर
४ फागुन २०७५

नेपाल रेडक्रस सोसाइटी ललितपुर वडा १३ कुसुन्ती र नन्दकुमारी गुठीले विपत् न्यूनीकरणमा विद्यार्थीको भूमिका विषयमा आज वक्तृत्वकला आयोजना ग्ीरएको छ । ललितपुर महानगरपालिका १३ वडा भित्रका विद्यालयहरुबिच भएको सो प्रतियोगितामा वीरेन्द्र स्मृति स्कुल, महेन्द्र भृकुटी मावि, मोडर्न ग्रेडेड स्कुल, मर्सि मिसन एकेडेमी र कोभनेन्ट एकेडेमीको सहभागिता थियोे । कार्यक्रममा महेन्द्र भृकुटी माविका छात्राहरू सुनीता लुङ्गेली मगर र मुना लामा प्रथम तथा द्वितीय भएका थिए ।
त्यस्तै कोभनेन्ट एकेडेमीकी छात्रा सृष्टि तामाङ तृतीय भएकी थिइन् ।
कार्यक्रममा नेरेसो वडा नं।१३ का निरन केसी,ललितपुर जिल्ला शाखाका उपसभापति सूर्यप्रसाद घिमिरे, , महिला सदस्य रामकुमारी लिम्बू,, गुठीका अध्यक्ष महेश्वरभक्त श्रेष्ठज्यू लगायतको उपस्थिति थियोे । प्रतियोगिताको निर्णायक ललित शिक्षा सदन कुपन्डोलकी अपर्णा थापा तथा ललितपुर जिल्ला शाखाका कल्पितकुमार त्रिपाठी थिए। कार्यक्रम महेन्द्र भृकुटी मावि एकान्तकुनामा भएको थियो ।

प्रकाशित मिति : ४ फाल्गुन २०७५, शनिबार  १० : ३८ बजे