६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नगरपालिका बनेसँगै खुले फुटपाथ पसल


५ फाल्गुन २०७५, आइतबार  

0
Shares

  • ललितपुर खबर
    ललितपुर
    ५ फागुन २०७५
    बजारको हिलो चिप्लो साँधुरो सडक । सवारी साधनको चाप पनि उत्तिकै छ । त्यही सडकमा पसल थापिएको छ । हिड्न मुस्किल छ ।
    यो दृश्य हो, ललितपुर चापागाँउ बजारको । सरकारले नगरपालिका घोषणा गरेसँगै शहरको रोग काँठतिर सर्दै आएको छ । सडकमै कपडा तरकारी फलफुललगायत सरसामानको पसल खुलेका छन् ।
    चापागाँउ बस्ने रिता भुजेल भन्छिन् ‘अहिलेसम्म नगरपालिकाले कर उठाउन आएको छैन । हामीलाई कसैले नबस पनि भन्न्दैन ।’ विपन्न वर्गको बेरोजगारको राजगारी बनेको छ यस्ता पसल ।
    ललितपुरको प्युटारकी फुलमाया लामालाई भने अघिल्लो साल नगरपालिकाका कर्मचारीले पसल नराख्नु भन्न आएका थिए । तर अहिले उनलाई ढुक्क छ । कसैले रोकेको छैन ।
    घरमा भाडा तिरेर बसेका व्यापारीहरुलाई चिन्ता थपिएको छ । धापाखेलकी तरकारीको व्यापारी सरु तामाङ्ग भन्छिन्, ‘फुटपाथमा सस्तो पाइन्छ । हामीलाई सटर भाडा तिरेर खान मुस्किल छ ।’ चापागाँउकी मैया देसारको चिन्ता भने आज भन्दा भोलि बढेर व्यषपार गर्न गाह्रो होला की भन्ने छ । भन्छिन् ‘नगरपालिकाले आजै बाट राख्न नदिए भोली समस्या हुदैन की ?’


फुटपाथ हटाए सटरमा पसल खोल्न तयार छन् चापागाँउकै सानुकाजी देशार । बाटो सानो छ फुटपाथ हटाए झन् राम्रो हुन्छ ।
चापागाँउमा मात्रै होइन । फुटपाथ ठेचो धापाखेल गोदावरी लेलेजस्ता शहरन्मुख गाँउतिर पनि खुलेका छन् । स्थानीय कृष्ण घिमिरे भन्छन्, ‘आज यो फुटथाप पसल समस्या होइन जस्तो लाग्ला । यसलाई आज रोक्न नसके भोलि ठूलै समस्या पार्नेछ ।’
व्यापारीका अनुसार फुटपाथमा धेरै व्यापार भने छैन आजकल दिनको १ हजार पन्ध्र सय मात्रै हुन्छ । सिजन र चाडपर्वमा आम्दानी राम्रै छ । व्यापारीहरु भन्छन् ।


सानुकाजी देसारको अरु रोजगारी नहुँदा फुटपाथमा पसल राख्नु परेको स्विर्काछन् । सरु तामाङ्ग भन्छिन्, ‘काम पाइदैन?त्यसैले सडकमा पसल राखेको ।’

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  १० : ३० बजे