१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


माधवनारायण जात्रा (फोटोफिचर)


५ फाल्गुन २०७५, आइतबार  

0
Shares

  • ललितपुर खबर
    ठेचो,ललितपुर
    ५ फागुन २०७५

  • ललितपुरको ठेचोमा मनाइने एक महिने माधव नारायणको जात्रा आइतबारबाट समाप्त भएको छ । पौष शुक्ल त्रयोदशीबाट हरेक दिन विहान मंका खलको भजन र्कितन गर्दै टोल घुमिन्छ । माघ शुक्ल एकादशी र द्वदशीमा विशेष जात्रा हुन्छ ।
    यो जात्रा काठमाडौंको साँखु र ललितपुरको ठेचोमा अझैं मनाइदैछ । धेरै टोलहरुमा कही सानो भइसकेको छ कतै तहराइ नै सक्यो । ठेचोमा पनि एउटा मात्रै समूहले यो जात्रा धानिरहेको छ । पहिले पहिले ठेचोमै ३÷४ वटा मंका खलले जात्रा निकाल्ने गर्दथे ।
  • हरेका बर्ष फरक फरक भगवानको मूर्ति खटमा राखेर टोल घुमाइन्छ । हात काँध टाउकोमा दियो वालेर टोल घुमाइन्छ । घैटामा छ्वालीको पाइप राखेर पानी छ्प्ने चलन छ । साथै खटमा खड्कुलोमा पानी राखेर नुहाउदै घुमाइन्छ ।
  • ठेचोमा नवदुर्गाको स्थापना श्रीनिवास मल्लको पालामा भएको थियो । यही बेलादेखि नै माधव नारायणको जात्रा मनाउन थालिएको विस्वास गरिन्छ । माधव नारायणको जात्रा मौखिक परम्पराको आधारमा यो जात्रा चल्दैछ ।

प्रकाशित मिति : ५ फाल्गुन २०७५, आइतबार  २ : ४३ बजे