१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


हिलोका कारण डोजर फस्दा चापागाँउमा जाम


७ फाल्गुन २०७५, मंगलबार  

0
Shares

ललितपुर खबर
ललितपुर
७ फागुन २०७५


मंगलबार साँझ चापागाँउ सडकमा डोजर फसेपछि यात्रुले सास्ती खेप्नु परेको छ । हिलो सडकमा ट्रक फसेपछि निकाल्न ग्वार्कोबाट आएको डोजर फसेपछि सडक जाम लम्बिदा स्थानीय यात्रुले सास्ती खेपेका हुन् ।
साँझपख यात्रुको चाप हुने बेलामा साँघुरो सडकमा गाडीहरु फसेका थिए । लामो समय सडक अवरुद्ध भएपछि प्रहरी,ट्राफिक प्रहरी र स्थानीयले डोजर निकाल्ने कोशिस गरेका थिए । गाडी ठेलेपछि यो पुरानो डोजरको स्टार्ट बन्द भएको ट्राफिक प्रहरीले जानकारी दिए ।

बिच बाटोमा बिग्रेको त्यो पुरानो डोजर पम्प गरेर स्टार्ट गरेपछि सडक खुलेको थियो । ललितपुरकै छपेलीमा कान्तिलोकपथ सडक विस्तारको लागि लैजाने क्रममा यो डोजर चापागाँउ पुगेको थियो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७५, मंगलबार  ९ : ५२ बजे