१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


शंखमुलमा दिउसै लुटपाट


११ फाल्गुन २०७५, शनिबार  

0
Shares

ललितपुर खबर
शंखमुल
११ फागुन २०७५

ललितपुर पाटन शंखमुलमा बस्ने रविन्द्र मण्डलको कोठामा दिउँसै चोरी भएको छ । बुद्धबार दिउँसो ताल्चा लगाएर पसल गएको मौका पारी कोठमा भएको नगद गरगहनालगायत रु. ४ लाख बराबरको बहुमूल्य सामान चोरी भएको हो ।
केही समयपछि कोठामा पस्दा ताल्चा फोरेर जुत्तामा राखेको अवस्थामा फेला परेको थियो ।
चोरी भएकै दिन शंखमुल पुल नजिकै पर्स नागरिता खुत्रुकेलगायतको सामान फ्याकिएको अवस्थामा भेटिएको छ भने चोरीमा संलग्नहरुको खो्जी भइरहेको महानगरिय प्रहरी परिसर जावलाखेलले जानकारी दिएको छ । तर अझै कुनै पनि अभियुक्त पक्राउ गर्न सकेको छैन ।
सोही दिन दिउसो पख नचिनेको मान्छे आएर १० मिनेट पछि फर्केको प्रत्यक्षदर्शीले बताए पनि दिउसै चोरी हुनुले सुरक्षा चुनौती बढेको प्रहरीको आकलन छ ।
पछिल्ला दिनहरुमा पाटन क्षेत्रमा चोरको बढेको प्रहरी श्रोतले जानकारी दिएको छ ।
स्केज श्रोत ः अभियान

 

प्रकाशित मिति : ११ फाल्गुन २०७५, शनिबार  ११ : ०३ बजे