१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चिडियाखानामा अव निलगाई हेर्न पाइने


१४ फाल्गुन २०७५, मंगलबार  

0
Shares

ललितपुर खबर
जावलाखेल ललितपुर
१४ फागुन २०७५


तपाईलाई जंगली जनावर हेर्न मन पर्छ । जंगली जनावरको आनीबानी जीवनशैली मन पराउने जनावर प्रेमीका लागि खुशीको खबर छ ।
ललितपुर जावलाखेलस्थित चिडियाघरमा नयाँ जनावर थपिने भएको छ । चिडिया घरमा नयाँ घर बनेसँगै सुदुरपश्चिमबाट निलगाई ल्याउन लागिएको हो । निलगाई ल्याएपछि अव चिडिया खानामा १२७ थरि जीवजनावर पुग्नेछन् । ६ हेक्टर क्षेत्रफल ओगटेको चिडियाखाना साघुरो महसुस गरेर भक्तपुरको गुण्डु नजिकै वन क्षेत्रमा नयाँ चिडिया घर विस्तारको काम भइरहेको छ ।
ललितपुर जवलाखेलको चिडिया घरमा विदाको दिन ज्यादै भीड लाग्छ । जंगली जनावरलाई स्वतन्त्र वातावरण नभएको र घना शहरको बीचमा भएको हुँदा चिडिया घर पर्यावरणमैत्री नभएको सरोकारवालाहरुको तर्क छ । पशुअधिकार कर्मिहरुको मतलाई विचार गरेर सरकाले जंगलमै बस्न मिल्ने गरि गुण्डुनजिकै चिडिया घर विस्तार गर्न लागेके हो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७५, मंगलबार  १० : २६ बजे