२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


‘एक्लो प्रयासले राजनीतिकरण अन्त्य नहुने रहेछ’


१६ फाल्गुन २०७५, बिहिबार  

0
Shares

रामशरण घिमिरे
उम्मेदवार
वचत तथा ऋण सहकारी संघ
ललितपुर


रामशरण घिमिरे सहकारी अभियानमा एउटा चिनिएको नाम हो । उनी ललितपुरको देविचचौरमा जन्मिएका हुन् । २०६८ सालबाट ललितपुर सहकारी संघको अध्यक्षको जिम्मेवरी सम्हालेका घिमिरेले यसपछि पछाडि फर्केर हुर्नु परेन । उनी २०७१ सालमा दोश्रो कार्यकाल सम्हाल्न पुगे । उनी सहकारी संघमा निर्वाचित भएर आउँदा सामान्य कोठामा थियो । उनी निर्वाचित भएपछि शिक्षा,सूचना र तालिमलाई विषेश जोड दिए । भन्छन्, ‘हामीले अहिलेसम्म २ सयको हाराहारी तालिम दिइसकेका छौं ।’
उनीकै कार्यकालमा राष्ट्रिय स्तरको २ वटा सम्मेलन भइसकेका छन् । ललितपुर सहकारी संघले २०६९ सालमा नेफ्स्कुन पुरस्कार र २०७३ सालमा राष्ट्रिय सहकारी महासंघले उत्कृष्ठ संघको पुरस्कार जितिसकेको छ । अन्तर लागानी ५० लाख पुग्नु, जिल्ला रहेको ५११ वटै सहकारीको पहुच पुग्नु रामशरण आफ्नो उपलव्दी मान्छन् ।
संघ वाहिररहेका २०÷२५ वटा सहकारीलाई संघमा आवद्ध गर्न बाँकी रहेको काम आगामी कार्याकालको ऐजेण्डामा राखेका छन्,रामशरणले । उनी असल सहकारी बनाउन संघले भूमिकाका लागि योगदान दिन तयार छन् । भन्छन्, ४ वर्ष भित्र संघको आफ्नै भवनबाट सेवा दिने उनको लक्ष्य छ । । संघलाई विकेन्द्रीकृत सेवा उपलव्ध गराउन विभिन्न ठाँउका काउण्टर खोल्ने योजना छ । चापागाँउ, गोदावरी, लूभु लामाटार,खोकना बुङ्गमतीबाट काउण्टर शाखा खोल्ने अर्को योजना छ । सहकारीलाई मर्ज गराएर सहकारीलाई अझ बलियो बनाउन संघ मार्फत काम गर्न इच्छा छ ।५० करोड बारोबारलाई ४ वर्षमा डेढ करोड पु¥याउने उपाय अर्को लक्ष्य छ ।
सहकारी दर्तामा कडा गरे मात्रै सहकारीका समस्या कम हुने उनको दावी छ । दार्चुलाको मान्छे आएर काठमाडौंमा पैसा उठाएर भागेको छ । यस्तो प्रवृति कम गर्न स्थानीय स्तरका व्यावसायीहरुलाई मात्रै सहकारीमा आवद्ध हुन पाउने सरकारी नितीगत व्यवस्था हुनु पर्नेमा उनी जोड दिन्छन् । उनी भन्छन् एउटा वडामा कति सहकारी चाहिन्छ मापदण्ड बनाउनु पर्छ । नेपालमा भएका ३४ हजार सहकारीलाई एकिकरण गर्दै जने हो भने सवै समस्याहरु  हट्दै जान्छन्  भन्ने उनको तर्क छ ।
संघले विगतमा पहल गरेर नौधारा र सन्तानेश्वर सहकारी मर्ज गराएको अनुभव सुनाउदै अव सहकारी सहकारीलाई मर्ज गराउन आफूले भुमिका खेल्ने रामशरणको योजना छ । उनले आफ्नै सहकारीलाई अरु सहकारीसँग मर्ज गराएर अरुलाई उदाहरण दिन चाहन्छन् ।
संघले नीति र विधि मार्फत समानान्तर सेवा दिएको दावी गर्छन् । उनको विचारमा ग्रामिण क्षेत्र सहकारीलाई उत्पादनसँग जोडेर अघि बढाउन पहल जरुरी छ । संघका सदस्यहरुलाई तालिम र योग्यता बढाउन जरुरी छ ।
ललितपुरमा शहर छ । काँठ छ र पहाडी दर्गुम गाँउहरु छन् । यहाँका सहकारी अभियन्ताहरुलाई समानान्तर सेवा दिन जरुरी देख्छन् उनी ।
सहकारी अभियानमा अतिराजनीतिकरण हुनु हुदैन भन्दै रामशरणाले पहिले देखि नै उनले लभिङ्ग गरे । ‘तर एक्लो प्रयासले केही हुने रहेनछ ’भन्छन् उनी ।
उनलाई अग्रजहरुको आर्शिवाद छ । उनको काम देखेर हौशला दिने अग्रजहरुहरुको आग्रह टार्न नसकेर फेरि नेतृत्व दावी गरेर आगामी शनिबार ललितपुरमा हुने नेतृत्व चयनको निर्वाचनमा प्रजातान्तिक पक्षको नेतृत्व गर्दै प्याननलै बनाइ रामशरण भिडि रहेकाछन् । भन्छन्, ‘म तेश्रो कार्यकाल फेरि निर्वाचित हुनेछु ।’‘एक्लो प्रयासले राजनीतिकरण अन्न्त्य हुने रहेनछ’

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहिबार  २ : २७ बजे