२५ बैशाख २०८१, मंगलबार | Tue May 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

विचार


‘म कामको भोको छु’ ः रामहरी बजगाई


१७ फाल्गुन २०७५, शुक्रबार  

0
Shares

रामहरि बजगाई पुराना सहकारी अभियन्ता हुन् । उनले २०५४ सालबाट सहकारी क्षेत्रमा प्रवेश गरेका थिए । हाल प्रतिभा वचत तथा ऋण सहकारी संस्थाको अध्यक्षको रुपमा प्रतिनिधित्व गर्छन् । पछिल्लो समय ललितपुर वचत तथा ऋण सहकारी संघमा उनले पहिलो र दोश्रो कार्यकाल सचिवको भुमिका निभाएका छन् । नेतृत्वको प्रमुख भुमिकामा रहेर काम गर्न नपाउदा सही भिजन दिन नपाएको उनको ठम्याइ छ । त्यसैले उनी अध्यक्षको दावेदारी प्रस्तुत गर्दै प्रगतिशील खेमामा उभिएर आगामी कार्यकालका लागि  शनिनबार हुने निर्वाचनमा लागि निर्वाचन मार्फत नेतृत्व लिने तयारीमा छन् ।
मिसन,भिजन र दुरदृष्टिको अभावमा चाहेको काम गर्न नसकिएको देखेसो छ । भन्छन् ‘मैले नेतृत्व गर्न पाइन । अनि हामी असफल भयौं ।’ अघिल्लो नेतृत्वमा रहदा अन्तरलगानीमा आफ्नो टिमले गरेको कामप्रति भने उनी गर्व गर्छन ।
सदस्यहरुसँग घुलमिल गरेर काम गर्ने इच्छा छ । सहकारीमैत्री संघ बन्नु पर्छ भन्ने उनको तर्क छ । उनी महिलाहरुले नेतृत्व गरेको सहकारीलाई निशुल्क सफ्टवयर वितरण गर्न चाहान्छन् । सहकारीमा नजानेर विकृति बढिरहेको देखेर उनको चित्त बुझेको छैन । ती विकृति हटाउन उनी तयार रहेको वताउछन् । सहकारीमा स्थानीय सरकारले कर लगाइएको कुरा हटाउन पाए हुन्थ्यो भन्ने लागेको छ । दक्षिण ललिपुरको अविकशित ग्रामिण भेगलाई वित्तिय पहुच बढाउन चाहेका छन् । उनी चाहन्छन् ललितपुरको काँठ,दुर्गम गाँउ र शहरमा सवैले सुविधा काउण्टरबाट सहकारीको सेवा पाउन् ।
‘अहिले कर्जा नउठेर समस्या छ । नितीगत समस्याहरु छन् । कार्यविधिहरु,निर्देशिकाहरु बनाउन सकिएको छैन । सवै समस्याहरुलाई निराकरण गर्न छुट्टै परामर्स डेक्सहरु स्थापना गर्नु पर्ने औचित्य छ ।’ उनी भन्छन्, ‘ललितपुरको संघमा ५११ मध्ये ४५४ वटा मात्रै प्रतिनिधिको रुपमा आएका छन् । निस्कृय सहकारीहरुलाई चलाउने दायित्व संघले लिनुपर्छ ।’
अन्तरलगानीको संयोजक भएको नाताले ५० करोड भन्दा माथि भएको कारोबारको श्रय आफू र आफ्नो टिमले मात्रै पाउने उनको जिकिर छ । नीति,विधि,प्रविधि र पूजीको सहयोगमा सहकारी अगाडि बढाउने सुत्र प्रस्तुत गर्दै उनी भन्छन् । ललितपुर सहकारी संघ, नेफस्कुन,बचत संघलाई संगसंगै लैजाने मसँग क्षमता छ ।
‘अव पूजीको अभाव हुने छैन उनका अनुसार । १ करोड लगानी गरिरहेको सहकारी संघले अव सहकारीहरुका लागि ३ करोडसम्म ऋण दिने योजना बुनेका छन्’ उनले । ‘५ अर्वको व्यालेन्स सिट बनाइनेछ । उनी भन्छन् । यसका लागि सबैले सहयोग आवश्यक छ । नेतृत्व विकाश हुनुपर्छ । सुशासन हुनु पर्छ ।’ उनी भन्छन् ।


रामहरिको भनाइमा अरुको तुलनामा ललितपुरको सहकारीमा धेरै समस्या छैन । केही सहकारी मात्रै पैसा खाएर भागेका हुन् । धेरै सहकारी संस्थाहरु आफै फसेका छन् । जानेर नजानेर । धेरै सहकारी संस्थाहरुले जानेका छैन । सिकाउनु पर्छ । चुनावमा मात्रै सहकारीका सदस्यहरुलाई भेट्नु हुन्न सधै सम्पर्कमा रहनुपर्छ ।
महिलाद्वारा प्रर्वद्घित सहकारी निशुल्क तालिम दिने,कार्यविधिहरु निःशुल्क उपलव्ध गराउने जस्ता कामहरु उनका आगामी कार्ययोजना हुन् । राष्ट्रिय सहकारी बैक,स्वरोजगर कोष,लघुवित्त लगायत विभिन्न निकायबाट कमजोर वित्तिय कारोवार भएका सहकारीलाई ऋण सहयोग गरिने जस्ता धेरै योजना उनीसँग छ भन्छन् ।सहकारीमा दोहोरो सददस्यता अर्को समस्या हो भन्ने यसलाई हल गर्न सकिएन भने सहकारीमा समस्या आउने उनको बुझाई छ । आर्थिक रुपमा कुनै समस्या आए हामी सदस्यलाई नियमन गर्नुपर्छ ।
रामहरि अहिले नेतृत्वले नयाँ पिढिलाई सिकाउन जरुरी रहेको देख्छन् । नयाँ सहकारीलाई नेतृत्वमा लैजान संघले सधै पहल गर्नेछ उनी भन्छन् ।
नयाँ कार्यालय निर्माणको लागि जग्गा किनेर भवन बनाउने प्रकृया अघि बढाउने उनको योजना छ । उनी कामको भोको छु भन्छन् । पदको लोलुपता नभएको उनको जिकिर छ । नेतृत्वले नयाँ नेतृत्व विकाश गर्न सयौं नेता जन्माउन सक्नु पर्ने उनको तर्क छ ।
रामहरी बजगाई आवश्यकत्ताले आफ्नो प्रगतीशील समूह बनाएर उम्मेदवारी दिएको तर्क गर्दै अगाडि भन्छन् । नीति,विधि,प्रविधि र पूजी परिचालन गरेर अगाडि बढ्ने छु । मसँग भिजन छ । एउटा मिसन छ । म काम गर्न आतुर छु ।कामको भोको छु । सहकारीलाई प्रवद्र्धन गर्ने मेरो भूमिका हुनेछ ।
अबको दिनमा नेतृत्व विकाशको जरुरी रहेको देख्छन् । सचिव, उपाध्यक्ष अनुभवबाट सहकारी संघले फाइदा हुनु पर्छ । उनी भन्छन् लामो समय एउटै व्यक्तिले अध्यक्ष्य ओगट्ने हो भने सिंगो सहकारी संघलाई घाटा हुन्छ । एउटा पुस्ताले अवसर पाउदैन । नेतृत्व विकाश हुदैन । उनी भन्छन् सहकारीको हितमाा मेरो उम्मेदवारी हो ।
रामहरी बजगाँई ललितपुर वचत तथा ऋण सहकारी संस्थामा सचिव पदमा हाल कार्यरत छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : १० बजे