१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


छाउगोठ अन्तर्राष्ट्रियकरण ः सिलवाल


२२ फाल्गुन २०७५, बुधबार  

0
Shares

ललितपुर खबर
काठमाडौं
२२ फागुन २०७५


ललितपुरका साँसद नवराज सिलवाल बुधबार संसद बैठकमा बोल्दै छाउपडी समस्या अन्तराष्ट्रिय करण भएकोमा चिन्ता प्रकट गरेको छन् । सासंद विन्दा पाण्डेले संसदमा बुधबार पेश गरेको जरुरी सार्वजनिक विषयमा बोल्दै सिलवालले भने,‘छाउगोठ नेपालको प्रतिष्ठा दाग लगाउने बस्तु भएको छ ।’ कानून कार्यान्वयनमा जोड दिदै सिलवालले अगाडि भने ‘समस्याहरु विकराल रुपमा देखा परेको हुँदा यसलाई समाधान गर्न सरकारले विशेष योजना ल्याउनु पर्छ । प्रदेश सरकारले स्थानीय निकायसँग समन्वय गरेर छाउगोठ भत्काउन माग गरे ।  छाउगोठ नै नरहे किशोरीहरु छाउ बस्न बाध्य हुदैनन् ।’उनले भने
छाउगोठमा बस्ने आछामको पौष २३ तुर्माखेतमा २२ वर्षकी गौरी बुढाको मुत्यु भएको थियो । पौष २५ बाजुराकी गते बुढीनन्दकी अम्बा बोहरा र २ कलिला वालवालिको मृत्यु भए पछि छाउ समस्या समाधान गर्न सरकारलाई चौतर्फ दवाव छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ९ : ५१ बजे