१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मानिखेलमा मनाइयो ग्लाल्पो ल्होसार


२२ फाल्गुन २०७५, बुधबार  

0
Shares

ललितपुर खबर
मानिखेल, ललितपुर
२२ फागुन २०७५


ग्याल्पो ल्होसार पर्वको पुर्वसन्ध्यामा दक्षिण ललितपुरको मानिखेलको खोरभञ्ज्याङ्गमा विशेष कार्यक्रम आयोजना गरिएको छ । तामाङ्ग समुदायको बाहुल्य रहेको दक्षिण ललितपुरको गोटीखेल,बुखेल,चन्दनपुर,कालेश्वर,नल्लु,भारदेउलगायतका गाँउबाट ल्होसार पर्व मनाउन सयौं स्थानीय सहभागी भएका थिए । तामाङ्ग संस्कृती प्रवद्धनमा जाड दिन पछिल्ला वर्षहरुमा खोरभञ्ज्याङ्गको  छोरतेन रहेको ठाँउमा ग्लाल्पो ल्होसार पर्व मनाउदै आएको छ ।


कार्यक्रम बोल्दै प्रदेश सासंद लालकुमारी पुन सुशीलाले तामाङ्ग समुदायले आफ्नो संस्कृती जोगाउन आफै लागि पर्नु पर्ने विचार व्यक्त गर्दै भनिन् दक्षिण ललितपुरको यो रमणिय ठाँउलाई बौद्ध धार्मिक पर्यटकीय स्थलको विकाश गर्न सकिन्छ । यसका लागि सबैले हातेमालो गर्दै अघि बढ्न जरुरी छ । कार्यक्रममा सहभागी महाकाल गाँउपालिकाका प्रमुख खोर भञ्ज्याङ्गमै गुम्बा बन्न लागेको हुँदा यस स्थलमा बौद्धमार्गीहरुको लागि विशेष महत्व रहेने भन्दै रामचन्द्र दाहालले तामाङ्ग समुदायलाई ग्याल्पो ल्होसारको शुभकामना व्यक्त गरेका थिए ।
महाकाल गाँउपालिकाकी उपप्रमुख कमला वाइवा, विभिन्न वडाका वडा प्रमुखहरुको पनि सहभागीता थियो ।

प्रकाशित मिति : २२ फाल्गुन २०७५, बुधबार  ११ : १७ बजे