१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


चापागाँँउ सडकको विकल्प सुनाकोठीमा बन्दै,


२७ फाल्गुन २०७५, सोमबार  

0
Shares

लपु खबर
सुनाकोठी
२७ फागुन ०७५
सातदोवाटो तिलेश्वर सडक अन्र्तगत सुनाकोठीखण्डको वैकल्पिक सडक निर्माण भइरहेको छ । सुनाकोठी चौतारा नजिक बुद्ध पोखरीबाट सिमाको भन्ने ठाँउसम्म सुनाकोठी पछाडितिरको बस्तीबाट दुई लेनको सडक विस्तार भइरहेको हो । यो सडक २० फिट चौडा हुनेछ ।
वैकल्पिक सडकको रुपमा निनर्माण भइरहेको यो सडक गएको सालमै निर्माण शुरु भए पनि काम राम्रो सँग नभएको स्थनीयहरुको गुनासो छ । यस बाटो वरपर भौतिक संरचना नरहेका पर्खाल भत्काएर सडक निर्माण भइरहेको स्थानीय विकाश महर्जनले बताए ।
यो बैकल्पिक सडक निनर्माण भएपछि सुनाकोठीबाट चापागाँउतर्फ आउजाउ गर्ने सवारी साधनहरुले वैकल्पिक मार्ग प्रयोग गर्न सक्नेछन् । सुननाकोठीको नेवारी सास्कृतिक जात्राहरु यही बाटो वरपर मनाइने प्रचलन छ । जात्राको समयमा सडक जाम हुने समस्या छ ।
सुनाकोठी सडकमा सास्कृतिक सम्पदा रहेको हुँदा यो सडकले सम्पदा संरक्षण गनर्न सहयोगी हुने प्रदेश सासंद राजकाजी महर्जनले बताए । सडक डिभिजनको ३ करोड ८० लाख बजेटबाट यो सडक निर्माण भइरहेको हो ।

प्रकाशित मिति : २७ फाल्गुन २०७५, सोमबार  १० : १० बजे