६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नेपाल आणविक त्रासबाट जोगिनु पर्ने


२९ फाल्गुन २०७५, बुधबार  

0
Shares

लपु संवाददाता
काठमाडौं
२९फागुन ०७५


ललितपुरका सासंद नवराज सिलवालले पारमाणिक खतराको होडबाट नेपाल जोगिनु पर्नेतर्फ सचेत रहनु पर्ने विचार व्यक्त गरेका छन् । व्यवस्थापिका संसदमा बुधबार परमाणिक विद्ययक २०७५ माथि भएको छलफलमा बोल्दै सिलवालले आणविक शक्ति सम्पन्न देशहरुको विचमा रहेको सानो देश नेपालले कुटनीतिक चातुर्यको माध्यमबाट जोगिने उपाय निकाल्नु पर्ने तर्क गरेका हुन् ।
आजको विश्वमा आणविक आतंकवाद त्रास बढ्दै गइरहेको छ । आणविक आतंकवादले जाँगेको अवस्थामा आणविक हतियारको आयात र निर्यातमा चासो रहनु पर्छ । उनले भने ।
आणविक त्रासबाट जोगिन पहल गर्नु पर्ने आयात निर्यातमा हाम्रो ठूलो सवाल रहेकोतर्फ उनको जोड थियो ।
सिमा नजिकै भारतमा आणविक हतियार नोरोरा अटोमिक पावर स्टेशन रहेको र त्यहाँ कुनै आणविक दुर्घटना भए हामी कसरी जोजिने भन्नेतर्फ तयारी गर्न आवश्यक औल्याए ।
विद्ययक बनाउदा प्राविधिक व्यक्तिहरुको संलग्नतामा बन्नु पर्नेमा उनले जोड दिए । विद्ययकलई पर्यााप्त मात्रामा परिमार्जन गर्नु पर्ने आवश्यकत्ता रहेको तर्फ जोड दिदै सिलवालले परिमार्जनपछि विद्ययक समृद्ध बन्नेमा विश्वास व्यक्त गरे ।

प्रकाशित मिति : २९ फाल्गुन २०७५, बुधबार  १० : ०० बजे