११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


‘विप्लवलाई प्रतिबन्ध ओलीको साहसिक निर्णय’ ः राय


१ चैत्र २०७५, शुक्रबार  

0
Shares

लपु खबर
३० फागुन ।

India’s ambassador to Nepal, Ranjit Rae. Photo: RSS

नेपालसँग कुनै गुनासो छैन ः भारतीय सञ्चार राज्यमन्त्री रविशंकर
नेपालका लागि पूर्व भारतीय राजदुत रञ्जित रायले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई प्रतिबन्ध लगाएर र सिके राउतसँग राजनीतिक सहमति गरेर साहसिक निर्णय गरेको भन्दै प्रशंसा गरेका छन् ।
नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै पूर्वराजदुत रायले यस्तो बताएका हुन् । उनले भने,‘विप्लव समूहलाई प्रतिबन्ध लगाउनु र सिके राउतसँग सहमति गर्नु ओलीजीको साहसिक निर्णय हो, म स्वागत गर्न चाहन्छु।’ राउतलाई मूल प्रवाहमा ल्याएर ओलीले मुलुक विखण्डन हुनबाट बचाएको भन्दै रायले प्रशंसा गरे ।
उनले ओली नेतृृत्वमा नेपाल–भारत सम्बन्ध धेरै राम्रो भएको पनि विश्वास दिलाए । नेपालमा आफूले विकास र समृद्धिको लागि प्रधानमन्त्री ओलीको विकल्प नदेखेको पनि तर्क गरे । त्यस्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री ओलीबीच केमेष्ट्री मिलेको उनको भनाई छ । उनले भने,‘त्यही भएर होला अहिले नेपाल र भारत सम्बन्ध धेरै राम्रो छ ।’
नेपालमा भारतीय लगानी बढ्ने पनि उनको भनाई छ । उनले थपे,‘काठमाडौंमा हुन गैरहेको लगानी सम्मेलनमा भारतबाट बाक्लो सहभागिता हुन्छ ।’
फरक प्रसंगमा उनले अब सार्कको औचित्य नभएको जिकिर गरे । उनले भने,‘अब पाकिस्तानसहितको सार्क सम्मेलन हुँदैन । मैले त सार्कको औचित्य नै देखेको छैन । अब विम्स्टेकमात्रै अघि बढ्छ ।’
नेपालसँग कुनै गुनासो छैन ः भारतीय सञ्चार राज्यमन्त्री रविशंकर
नयाँ दिल्ली, ३० फागुन । भारतीय सूचना तथा प्रशारण राज्यमन्त्री रविशंकर प्रसादले नेपाल–भारत द्धिपक्षीय सम्बन्ध धेरै राम्रो रहेको स्पष्ट पारेका छन् ।
बिहीबार नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री रविशंकरले यस्तो बताएका हुन् । उनले नेपालको बारेमा भारतको कुनै गुनासो नरहेको टिप्पणी गरे।
उनले थपे,‘अहिले नेपाल र भारतबीच कुनै असमझदारी छैन । हामी अहिले निर्वाचनमा बढि केन्द्रित भएका छौं ।’

प्रकाशित मिति : १ चैत्र २०७५, शुक्रबार  २ : ११ बजे