११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पाटनमा कला महोत्सवको तयारी अन्तिम चरणमा


३ चैत्र २०७५, आइतबार  

0
Shares


लपु संवाददाता
०७५ चैत्र ३, पाटन । आगामी चैत्र १३ गतेबाट ललितपुरको पाटन क्षेत्रमा आयोजना हुने कला तथा संस्कृती महोत्सवको तयारी अन्तिम चरणमा भइरहेको छ । महोत्सव आयोजनाकी व्यवस्थापक रेणुका वज्राचार्यका अनुसार महानगरको वडा नं. १६ को पाटन दरवार स्क्वायर,गावाहाल,पिम्वहाल,नकवही,मंगलबजार,अशोक हल क्षेत्रमा प्रर्दशनी हुनेछ । पाटनलाई हस्तकला शहरको रुपमा परिचित गराउने उद्देश्यले वडा नं.१६ का वडावासीले हस्तकलाको सामानहरु प्रर्दशन गरिनेछ ।
प्रर्दशनी आयोजकले जानकारी दिए अनुसार यस क्षेत्रका ६० प्रतिशत स्थानीयहरुको पेशा हस्तकलासँग सम्बिन्धित भएकोले उल्येख्य सहभागिता हुने अपेक्षा छ ।
पर्यटन बर्ष २०२० को पुर्वसन्ध्यामा यो महोत्सव हुन लागेका हो ।
प्रर्दशनीको क्रममा अमुर्त कलाको प्रदर्शनी पनि हुनेछ । दैनिक सास्कृतिक र मनोरञ्जनात्मक कार्यक्रमहरु समेत प्रर्दशनी गरिनेछ ।

प्रकाशित मिति : ३ चैत्र २०७५, आइतबार  ९ : ४३ बजे