११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुर वाणिज्य संघले मनायो स्थापना दिवस


४ चैत्र २०७५, सोमबार  

0
Shares

लपु संवाददाता
४ चैत्र ०७४,ललितपुर । ललितपुर उद्योग वाणिज्य संघले सोमबार ललितपुरमा स्थापनाको ५२ औं दिवस मनाएको छ । यो संघ २०२३ साल चैत्र ४ गते स्थापना भएको   थियो ।

स्थापना दिवसकै अवसरमा वैद्धिक अपाङ्ग विद्याश्रमहरुलार्इं खाद्य सामाग्री सहित जिन्सी सामाग्रीहरु वितरण गरेको थियो । संघले विभिन्न विद्यार्थीहरुलाई छात्रावृति वितरणसँगै भिम रथारोहण सम्पन्न भएको पुर्वअध्यक्ष सुवास गोपाल बैद्यलाई सम्मान गरिएको थियो । स्थापना दिवसको अवसरमा रक्तदान समेत गरिएको थियो  ।
कार्यक्रममा सासंद पम्फा भुसालले लामो इतिहाँस बोकेको ललितपुर उद्योग वाणिज्य संघले ललितपुरको विकाशमा हातोमालो गरेर अघि बढ्ने विचार व्यक्त गरिन् ।


नेपाल उद्योगा वाणिज्य महासंद्दका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले उद्योगीहरुको समस्यासँग जुध्दै आएको यस जिल्लाका उद्याीहरुको समस्या समाधान नगरि अघि बढन नसक्ने राय व्यक्त गरे ।
सार्क चेम्बर अफकर्मसका उपाध्यक्ष चण्डीराज ढकालले उद्यगीहरुलाई थुन्ने अनि सुन्ने समस्या हटाएर मात्रै उद्यगीहरुको समस्या हट्ने धारणा राखे ।
संघका अध्यक्ष कृष्णलाल महर्जनले अव विकाशको समय भएको हुँदा उद्योगीहरुले लगानी गर्ने अवसर भएको वताए ।
प्रतिनिधि सभाका सभामुख कृष्ण बहादुर महलाले संसदले नीति क्षेत्रलाई प्रवद्धन गर्ने किसिमको कानून बनाएर अघि बढिरहेको जानकारी दिए ।

वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले उद्योगीहरुले बहाल कर तिर्न नगरपालिकाले छलफल नै नगरी सूचना निकालेर अनुगमन गर्न थालेकोमा आपत्ती व्यक्त गरे ।

संघमा आवद्धताको २५ वर्ष पुगेका ९५ जना उद्योगीहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : ४ चैत्र २०७५, सोमबार  ८ : १४ बजे