१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


द्रुतमार्गका सुन्दर दृश्य


५ चैत्र २०७५, मंगलबार  

0
Shares

लपु संवाददाता
५ चैत्र ०७५,ललितपुर ।
झण्डै २ वर्ष अघि २०७४ जेठ १४ गते तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिलन्यास गरेपछि काठमाडौं निजगढ द्रुतमार्गको काम धमाधम भइरहेको छ ।
७६ किलोमिटर लामो द्रुतमार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ । ४ वर्षभित्र नेपाल सरकारलाई जिम्मा लगाउने लक्ष्यका साथ निर्माण भइरहेको यो मार्ग सम्पन्न भएपछि राजधानीबाट तराई पुग्न १ घण्टा मात्रै लाग्छ ।


द्रुतमार्ग संचलनमा आएपछि दायाँ बाँया जाने रोडतिर जान पाइदैन । दुवैतर्फ तार जाली लगाइएको हालिनेछ ।
यो मार्गमा २३ किलो मिटर पहाड हुनेछ भने ५३ किलोमिटर समथर जमिनमा । निर्माण लागत भने १२ अर्वमा सम्पन्न गर्ने लक्ष्य छ ।
२०७४ वैशाख वैशाख २९ गतेको मन्त्रिपरिषदको बैठकले नेपाली सेनालाई यो मार्ग बनाउन दिने निर्णय गरेको थियो ।
४ लेनको फराकिलो यो सडकमा ९९ वटा पुल बन्नेछ । ४ वटा अकाशे पुल पनि रहनेछ । सडक खोकना,फर्सीडोल,चाल्नाखेल,सिस्नेरी इपा,गढी छतिवन लालगढ हुँदै निजगढसम्म पुग्नेछ ।

ललितपुरको खोकनामा ऐतिहासिक साँस्कृतिक सम्पदा स्थल रहेको भन्दै द्रुतमार्गको प्रवेश मार्ग परिवर्तनको माग सहित खोकनाबासी आन्दोलित भएपछि यो ठाँउमा भने काम हुन सकेको छैन । ललितपुरको फर्सीडोल,ढुकुछाप क्षेत्रमा नेपाली सेनाले सडक निर्माणलाई तिब्र गतिमा अघि बढाइरहेको छ ।
हेरौं द्रुतमार्गको निर्माणधिन ललितपुर खण्ड अन्र्तगत फर्सिडोल चाल्नाखेल खण्डका दृश्यहरु ः

 

 

प्रकाशित मिति : ५ चैत्र २०७५, मंगलबार  ११ : ०५ बजे