१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


लगनखेल मंगलबजारको फुटपाथ खाली गराइने


६ चैत्र २०७५, बुधबार  

0
Shares

फुटपाथका कारण अस्तव्यस्त लगनखेल बसपार्क । तस्विर ः फाइल

लपु संवाददाता
६ चैत्र ०७५,ललितपुर । ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेल सडकमा राखिएको फुटपाथ पसलहरु हटाउने कार्ययोजना सार्वजनिक गरेको छ । चैत्र ७ गतेबाट माइकिङ्ग गरेर फुटपाथ हटाउन अनुरोध गर्ने र नहटाए प्रहरी लगाएर फुटपाथ खाली गर्न लागेको हो ।
ललितपुर दरवार परिसर घुम्न आउने पर्यटकहरुलाई फुटपाथका कारण हिडडुल गर्न समस्या छ । ललितपुर सदरमुकामको मुख्य बजार क्षेत्र रहेको ह्ुँदा यही बाटो भएर पैदल हिड्ने यात्रुको संख्या पनि उल्लेख्य छ ।
महानगरपालिकाले दुई बर्षअघि बस पार्क क्षेत्रमा फुटपनथले अस्तव्यस्त बनाएको भन्दै पनि लगनखेलबाट फुटपाथ हटाएको थियो । फुटपाथमा पसल राखेर जीविर्कोपार्जन गर्दै आएका व्यापारीहरुले भने विना विकल्प महानगरपालिकाले फुटपाथ हटाउको भन्दै विरोध गर्दै आएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ६ : ०० बजे