११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दशैंसम्म पाटन दरवारको पुर्ननिर्माण सकिने


६ चैत्र २०७५, बुधबार  

0
Shares

दरवार स्क्वायरमा पुर्ननिर्माणमा खटिएका कामदार । तस्विर ः ललितपुर खबर

लपु संवाददाता
६ चैत्र ०७५,ललितपुर । पाटन दरवार पुर्ननिर्माणको काम यही दशैसम्म पुरा हुने भएको छ । पाटन दरवार स्क्वायरको सम्पदा पुर्नर्निमार्ण गरिरहेको काठमाडौं उपत्यका संरक्षण कोषका अनुसार दरवार परिसरमा पर्यटकले उभिएर तस्विर खिच्दा सम्पदाहरु दुरुस्तै देख्न सक्नेछन् ।
दरवार परिसरमा रहेको पुर्वी तलेजु, उत्तरी तलेजु भने दुई वर्षअघि नै पुर्ननिर्माण सकिएको थियो । योगनरेन्द्र मल्लको सालिक र कृष्ण मन्दिर,२ वटा मनिमण्डप,विश्वनाथ मन्दिर पनि केही समय अघि निर्माण सम्पन्न भइसकेका छन् । हरिशंकर र चारनारायण मन्दिर कोे पुर्ननिर्माणको काम अहिल धमाधम भइरहेको छ ।
पाटन दरवार परिसरमा रहेको ठूलो घण्टी र लाखे आगाम्छे भने अहिलेसम्म निर्माण शुरु नै भएको छैन । ले यी सम्पदा निर्माणका लागि तयारी गरेपछि दातृ निकायहरुले इच्छा नदेखाउदा काम शुरु हुन सकेको छैन ।

पुर्ननिर्माणपछि मनिमण्डप । तस्विर ः ललितपुर खबर

पाटनको दरवारको पुर्ननिर्माणमा अमेरिकी,जर्मन,व्रिटिश,जर्मनीको ह्याङ्गकक फाउण्डेशन लगायत दातृ निकायहरुको आर्थिक सहयोगमा पाटनको सम्पदा पुर्ननिर्माण भइरहेको छ । पाटनको सम्पदा निर्माणमा स्थानीय सरोकारवाला संघ संस्थाहरुको सहयोग राम्रो सहयोग रहेको काठमाडौं उपत्यका संरक्षण कोषका राजु रोक्काको भनाई छ । भन्छन्, ‘मंगलटोल सुधार संघले संकलन गरेको केही रकम समेत मार्फत खर्च गर्न दिएको छ ।’

पुर्ननिर्माणपछि योगनरेन्द्रको सालिक । तस्विर ः ललितपुर खबर

प्रकाशित मिति : ६ चैत्र २०७५, बुधबार  ७ : ४३ बजे