११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


प्रचण्डलाई सुरक्षाका दिन खुमल्टारमा प्रहरी विट


८ चैत्र २०७५, शुक्रबार  

0
Shares

खुमल्टारस्थित प्रहरी विट । तस्विर ः ललितपुर खबर ।

लपु संवाददाता
९चैत्र ०७४,खुमल्टार ललितपुर ।नेकपाका अध्यक्ष पुष्पकमल दाहाललाई सुरक्षा दिनका लागि ललितपुर खुमल्टारस्थित साङ्गपाङ्गचोक सातदोवाटो लेले सडकको फुटपाथमा प्रहरी विट खोलिएको छ । भिआईपिको सुरक्षाका लागि ललितपुरको सातदोवाटो र खुमल्टारमा प्रहरी विट सञ्चालनमा ल्याइएको सातदोवाटोमा कार्यरत एक प्रहरी अधिकारीले ललितपुर खबरसँग कुरा गर्दै जानकारी दिएका हुन् । पछिल्लो समयमा प्रचण्डलाई नेत्रविक्रम भन्दद नेतृत्वको पार्टी नेकपाले मार्ने षड्यन्त्र गरेको आरोप प्रत्यापरोप भए पछि प्रहरीले सुरक्षा सर्तकतता बढाएको हो ।
उनका अनुसार साङ्गपाङ्गचोकमा पहिले देखिख नै एक नीजि जग्गामा प्रहरीले ड्युटी गर्ने गरे पनि पछिल्लो समय सडकको फुटपाथमा विट सञ्चालनमा ल्याइएको छ ।
यो अस्थायी प्रहरी विट हो । अवश्यकत्ता महसुस नभएको खण्डमा जुनसुकै बेला हटाउन सकिन्छ । ती अधिकारीले भने ।
सार्वजनिक जग्गा नहुँदा ललितपुरको सुनाकोठी खुमल्टार क्षेत्रमा प्रहरी कार्यालय खोल्ने सरकारी योजना सफल भइरहेको छैन । ‘काठमाडौं जस्तो महँगो ठाँउमा कसैले पनि नीजि जग्गा दान गर्दैनन् । सार्वजनिक जग्गा नहुँदा प्रहरी कार्यलय खोल्न नसकिएको हो ।’ एक सुरक्षा अधिकारी भन्छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७५, शुक्रबार  १० : ३७ बजे