६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गुठीमा मोहीले अधिकार नपाएको गुनासो


१० चैत्र २०७५, आइतबार  

0
Shares


लपु संवाददाता
१० चैत्र ०७५,ललितपुर । ललितपुर छम्पीका स्थानीयहरुले गुठीको जग्गामा बषौंदेखि बसोबास गर्दा पनि मोही अधिकार नदिइएको भन्दै आक्रोस पोखेका छन् । गोदावरी नगरपालिका ९ स्थित छम्पी प्रकाशेश्वर गुठीको जग्गामा बस्ने बासिन्दाहरु अधिकारको मुद्दा उठाएर मानव अधिकार सञ्चार प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा मोहीको अधिकार उपभोग गर्न पाउनु पर्ने माग गर्दै सरोकारवालाहरु समक्ष समस्या राखेका हुन् ।
स्थानीय गुठीको जग्गामा बसोबास गर्दै आएकी दुर्गा सुनारले बषौंदेखि खनजोत गर्दै आए पनि मोहीको लागि आधा जग्गा नछुट्याएको भन्दै दुखेसो पोखिन् ।
राजनीतिक दलहरुले निर्वाचनका बेला भूमि अधिकारका कुरा समाधान गर्ने आश्वसन दिने गरे पनि निर्वाचन सकिएपछि मुद्दा नै सकिए झै बेखबर हुनु दुभाग्यपूर्ण रहेको भन्दै स्थानीयहरुले नेताहरु प्रति व्यङ्य गरेका थिए । स्थानीय सन्तोष केसीले गुठीको सही तथ्याङ्क नहुँदा समस्याहरु बढेको वताए ।
कार्यक्रममा प्रदेश सासंद चेतनाथ सञ्जेल,गुठी संस्थानका शैलेन्द्र पौडेल,भूमि अधिकार मञ्चका राजकुमार केसी,नगर कार्यपालिका सदस्य गम्भिर रानालगायत सरोकारवालाहरुको सहभागिता थियो ।
स्थानीयहरुको समस्याको जवाफ दिने क्रममा संस्थानका प्रमुख पौडेलले गुठी संस्थानले राजगुठी बाहेक अरु नहेर्ने भन्दै यो समस्या प्रदेशले समाधान गर्नु पर्ने भन्दै सासंद चेतनाथ संजेलतर्फ पन्छाएका थिए । सासंद संजेलले यस सम्बन्धि प्रदेश सभाबाट कानून बनि नसकेको हुँदा गुठीको समस्या तत्काल समाधान नहुने संकेत गरे ।
भूमि अधिकार मञ्चका राजकुमार केसीले स्थानीय निकाय,गुठी सस्थान,प्रदेश सरकारलगायत सरोकारवाला निकाय मिलेर गुठीको समस्या समाधान गर्न सकिने विचार व्यक्त गरे ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  १० : ०५ बजे