६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


समाजबाट जेष्ठ नागरिक भेटघाट


११ चैत्र २०७५, सोमबार  

0
Shares


लपु संवाददाता
११ चैत्र ०७९,पाटन । ८९ वर्षीय तेस्रो पाटन, नःबहाल टोल बस्ने काजीरत्न ताम्रकारको मन बिहान देखि बेचैन थियो । कान कम सुन्ने उनी घरी मूलढोका तिर नजर दौराउंथे । घरी छोरी, बुहारीको अनुहार निहाल्थे । छोरी हिराकुमारीले ताम्रकार समाजबाट जेष्ठ नागरीक घरभेटका लागि टोली आउंदैछ भन्ने जानकारी पाएदेखि उनको आंखामा उत्साह छाएको थियो । ७२ सालको महाभुकम्पमा परी घर क्षतिग्रस्त भएदेखि वारीमा टहरा बनाएर बसेका उनलाई भेटन समाजको टोली करीब ११ बजेतिर पुग्यो । हंसिलो अनुहारले सबैलाई आशिष प्रदान गर्दै उनले स्वागत गरे । समाजका सदस्यहरुले हालखबर सोधे । स्वास्थ्य परिक्षण गरे । सुखदुखका कुरा गरे अनि समाज तथा दाताहरुले उपलब्ध गराएको उपहार बुझे । यति हुंदासम्म उनको मुहारमा असिम आनन्दको अनुभव झल्कंदै थियो । समाजबाट आएका सदस्यहरुलाई धन्यवाद दिंदै उनले सबैलाई चिया खाएर मात्र जान अनुरोध गरे ।
ताम्रकार समाजको जेष्ठ नागरीक उपसमितिबाट गएको पांच वर्षदेखिदजेष्ठ नागरीक घरभेट कार्यक्रम हुँदै आएको छ । यस पटक पहिलो ज्याः जंक्वः गरिएको ७८ वर्ष पुरा गरेका करीब ९० जवान जेष्ठ नागरिकहरुको घर घरमा गएर यसरी भेटघाट गरिएको थियो । उपसमितिलाई स्वास्थ्य उपसमिति, युवा तथा खेलकुद उपसमिति, धार्मिक क्रियाकलाप उपसमितिले साथ दिएका थिए । जेष्ठ नागरीकहरुको सम्मान गर्न पाउनु समाजको अहोभाग्य भएको ताम्रकार समाजका अध्यक्ष रविन्द्र राज ताम्रकारले बताए । उनले समाजबाट हुंदै आइरहेका विभिन्न कार्यक्रमहरु मध्ये पनि यस कामबााट बढी आत्मसन्तुष्टी मिलेको अन’भव साट्दै जेष्ठ नागरीकहरुको आर्शिवाद एवं मार्गनिर्देशनबाट समाजले अझ उन्नति प्रगति गर्नसक्ने बताए । उनले जेष्ठ नागरीकहरुको पछाडी सिंगो समाज पनि छ भन्ने महसूस गराउन यस कार्यक्रमले भूमिका खेलेको बताए ।


९० जवान जेष्ठ नागरीकहरुको घर घरमा जानका लागी ६ वटा समूह बनाएर गएको बताउंदै उपसमितिका संयोजक विजय ताम्रकारले उहांहरुको आशिषले थप उर्जा प्राप्त भएको महसुस गरेको बताए । यस काम बाहेक साधारण सभामा ७८ वर्ष पूरा गरेका जेष्ठ नागरीकहरुलाई सम्मान पनि गर्दै आइरहेको बताए । यस कार्यक्रमका लागी समाजलाई उदार मन भएका दाताहरुले पनि सहयोग गरेका थिए ।

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ८ : २५ बजे