६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पिम्बहाल पोखरीमा डुँगा चलाइने


११ चैत्र २०७५, सोमबार  

0
Shares


लपु संवाददाता

११ चैत्र ०७५,पाटन । पाटनढोकास्थित पिम्बहाल पोखरीमा डुँगा चढ्न पाइने भएको छ । ऐतिहासिक जगमदु पुखुँमा आगामी बुधबारबाट शुरु हुने कला तथा संस्कृती महोत्सवको अवसरमा डुँगा सञ्चालन गर्न लागिएको मुल समारोह समितीका संयोजक निर्मलरत्न शाक्यले ललितपुर खबरलाई बताए ।
महोत्सवको अवसरमा पाटनभरि विविध कार्यक्रमहरु आयोजना हुनेछन् । नागबहालमा धातुकला र मूर्तिकलाका २५ वटा स्टल रहनेछन् ।  ललितपुरमा सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइए अनुसार इलाननीमा कलाकारहरुले धातुका मूर्तिमा बुट्टा कुँदिरहेको जीवन्त प्रर्दशनी हुनेछ । नकबहिलस्थित लोकार्किति महाविहारमा चीनियाँ लिपिपछि दोश्रो लिपिको रुपमा रहेको रञ्जना लिपि लेखन विधिबारे प्रर्दशनी रहनेछ ।
हरेक वर्ष मंसिर पूर्णिमा सकिमनाका दिन नेवार समुदायमा हलिमलि व्वयेगु भनि गेडागुडीको मण्डला,देवि देवताको मण्डला प्रर्दशनी हुनेछ । त्यसै हरेक वर्ष दशैंमा हुने अष्टमातृका नाचको झझल्को दिने गरी देविदेवताको मुखाकृतीको पनि प्रर्दशनी गरिनेछ ।

महाविहारसंगै रहेको नकवहिलमा साँस्कृतिक प्रर्दशनी हुनेछ भने सँगै पाटीमा मच्छिन्द्रनाथ बनाउने विधिबारे प्रर्दशनी गरिनेछ । भाष्करदेव संस्कारित महाविहार,न्याखाचोकमा बज्राचार्य पूजाविधिको सहयोगमा मानिसको जन्मदेखि नमरुञ्जेसम्म गरिने संस्कारिक विधिको प्रर्दशनी हुनेछ । रत्नाकार महाविहारमा कुमारी दर्शन गर्न पाइने छ भने फोटोप्रर्दशनी पनिे अवलोकन गर्न पाइनेछ ।

स्वाठमा नेवारी भेषभूषाको र सांगीतिक कार्यक्रम,साँस्कृतिक नृत्य प्रस्तुत गरिनेछ । यही धातुकला तथा मूर्तिकलाको पनि प्रर्दशनी गरिनेछ । टंगल तिच्छुगल्लीमा तामाको भाँडाकुँडा,जोम्बहालमा काष्ठकला,कायगननीमा विभिन्न पर्वको बोध गराउने सामाग्रीको प्रर्दशनी हुनेछ । चिलच्वो स्तुपा स्तुपा वरिपरि राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा योगदान गरेका नेवार समुदायका व्यक्तित्वहरुको चित्र प्रर्दशनी गरिने कार्यक्रम राखिएको छ ।
त्यस्तै प्रर्दशनी अवधिभर परम्परागत बाजागाजाहरु, धिमेबाजा,धां बाजा,नाग्खी बाजा,नौ बाजा,मृडङ भजन,लाखे नाचलगायत विभिन्न साँस्कृतिक झाँकीहरु प्रर्दशनी गरिनेछ । नेपाल हस्तकला महासंघ,हस्ताकला संघ ललितपुरको आयोजनामा कला शहर,संस्कृति संरक्षण,पर्यटन प्रर्बद्धनबारे डवली बहस हुनेछ । हरेक दिन विभिन्न ब्राण्डहरुको साँस्कृतिक प्रस्तुती पनि हेर्न पाइन्छ ।

 

तस्विर ः इसिएस डट कम

प्रकाशित मिति : ११ चैत्र २०७५, सोमबार  ७ : ०८ बजे