१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


कला महोत्सवको रात्रीकालीन रमाइलो (फोटोफिचर)


१६ चैत्र २०७५, शनिबार  

0
Shares

१७ चैत्र ०७५,पाटन । पाटन दरवार वरपर आजकल हरेक रात भीडभाड हुन्छ । दिनभर सुनसानजस्तै देखिने पाटनका गल्ली र चोकहरुमा रात पर्न थालेपछि भीड बढ्न थाल्छ । मगलबजारको दरवार स्क्वायर,इलाननी,सोठ,नागबहाल,गावाहाल,पिम्वहाल,नकवहिल,न्याखाचोक,रत्नाकार महाविहारजस्ता पाटनका मुख्य स्थलमा युवा युवततीहरुको भिडभाड हुन्छ ।


हरेक दिन काम निस्कने पाटनबासी साझा मात्र फर्कन्छन्  अनि साँझको समय  कला तथा संस्कृती महोत्सवमा हेर्न निस्कने गर्दछन् ।विश्व कला परिषदले ललितपुरलाई ३५ औं कला शहर घोषणा गरेपछि ललितपुर पाटनमा चैत्र १३ गतेदेखि १७ गतेसम्म कला तथा संस्कृती महोत्सवको आयोजना गरिएको हो ।

पाटनबासीको व्यस्त दैनिकीलाई हेरेर राती आठ बजेसम्म स्टलहरु खुल्छन् । कही कतै नौ बजेसम्म पनि गीत संगीत बजाइरहेको देख्न सुन्न सकिन्छ ।

साझपख हरेक टोलमा रमाइलो हुन्छ । कही संगीको मिठो धुन सुन्न पाइन्छ त कतै शात्रिय संगीत । नेवारी सास्कृतिक नाच हेर्न र साँझ पख गीतको धुनहरु सुन्न पाटनबासीको धुइलो लाग्छ । यत्र तत्र संगीतमय छ पाटन ।

हरेक जसो टोलमा नेवारी भोजन खान पाइन्छ । नेवारी खाजाको मेनुमा चटामरी,वारा,यमेरी,मःमःआदी पाइन्छन् । चोकका खुला ठाँउहरु पर्खाल र पेटीमा खाजा खानेहरुको पनि उत्तिकै भीड देखिन्छ ।

महोत्सव क्षेत्रभर झिलिमिलि बत्ती बालिएको छ । कही कतै स्टल छन् त कतै सुन्दर लाग्ने मण्डला बनाइएको छ । टोलभर साँस्कृतिक र परम्परा झल्कने चित्र कोरिएका छन् ।
आजकल रात्रीकालीनन पाटन झन् सुन्दर देखिएको छ । हेरौं ः

 

 

 

 

 

 

 

प्रकाशित मिति : १६ चैत्र २०७५, शनिबार  ११ : ३६ बजे