१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘इतिहासकै धेरै विकाश बजेट’


१७ चैत्र २०७५, आइतबार  

0
Shares


लपु संवाददाता
१७ चैत्र ०७५,चापागाँउ । नेपाल कम्युनिष्ट पाटी ललितपुरले क्षेत्र नं.१ को कार्यकर्ता माझ दक्षिण ललितपुरको विकाश बजेटबारे बहस भएको छ । चापागाँउमा आयोजना भएको भेलामा विगतको समिक्षा र आगामी योजना बनाउने भन्दै बहस गरिएको हो ।
प्रतिनिधि सभाका सासंद नवराज सिलवालले दक्षिण ललितपुरको विकाशको बजेट इतिहासमै धेरै आएको तर्क गरे । उनले भने ‘ललितपुरको ८० प्रतिशत भुभाग दक्षिण ललितपुरमा पर्ने हुँदा यहाँ धेरै बजेट आएको छ । बजेट धेरै आएको कारण झगडा नहोस् ।’ स्थानीय स्तरबाट बजेट कार्यान्वयन नभए अर्को बर्ष बजेट नआउने भन्दै सिलवालले भने,‘सबै बजेट खर्च भए कायापलट हुन्छ ।’
भेलामा प्रदेश सासंद लालकुमारी पुनले प्रदेशबाट आफ्नो क्षेत्रमा ल्याएको योजनाको फेरिहस्त सुनाएकी थिइन् । उनले भनिन्,‘भर्खर ठेक्का लाग्ने प्रकृयामा छ । कार्यान्वयन मुख्य चुनौती हो ।’
भेलामा बोल्दै प्रदेश सासंद चेतनाथ सञ्जेलले गएको वर्ष हतारमा योजना बनाएको स्वीकार गरे । उनले भने, ‘हामीले विकाश बजेट कहाँ कहाँ हाल्ने भनेर पार्टीमा सोधेनौं । पार्टी एकतामा व्यस्त नेताहरुले पनि केही भनेन । हामीबाट गल्ती भएको रहेछ भने माफ गरिदिनु होला ।’
केह िबर्षअघिसम्म दुई चार लाख बजेट पर्दा गाँउको विकाशमा फ्ड्को मारेको उदाहरण दिदै भने ‘अहिले गाँउको योजनामा करोड पुगेको छ ।’

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ८ : २५ बजे