६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


घोषणापत्र जारी गर्दै कला महोत्सव सम्पन्न


१८ चैत्र २०७५, सोमबार  

0
Shares

लपु संवाददाता
१८ चैत्र ०७५,पाटनढोका । ललितपुरमा जारी कला महोत्सव सम्पन्न भएको छ । चैत्र १३ गतेबाट शुरु भएको महोत्सव महानगरपालिकाको वडाा नं. १६ ले आयोजना गरेको थियो ।
महोत्सव समापन कार्यक्रममा पाटन घोषणा पत्र जारी गरेको छ । घोषणा पत्रमा महानगरका मयेर चिरबिाबु महर्जन, उद्योग बाजिज्य संघका अध्यक्ष कृष्णलाल महर्जन, महानगर वड १६ अध्यक्ष निर्मलरत्न शाक्यलयायतको हस्ताक्षर पछि जाारी गरिएको थियो ।
महानगरका मेयर चिरीबाबु महर्जनले वडा स्तरबाट गरिएको कार्यक्रम यति भव्य र सभ्य हुनु सुखद रहेको चर्चा गरे । उनले भने,अव नगरका अरु वडालाई कला संरक्षणमा दिन शिक्षा दिएको छ ।
महानगर वडा नं.१६ का वडाध्यक्ष निर्मलरत्न शाक्यले महोत्सव सफल बनाउन योगदान दिने सबैलाई धन्यवाद दिएका थिए ।
उद्याोग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले महोत्त्सवले स्थानीय कालिगढ र हस्तकला व्यावसायीलाई प्रोत्साहन मिलेको धारणा राखे । उनले भने,‘ललितपुरमा हुने अन्र्तराष्ट्रिय व्यापार मेलाका लागि यो महोत्सवले आधार तयार गरिदिएको छ ।’


महानगरपालिकाका कला संस्कृती संयोजक सुरेश महर्जनले पुर्खाले छोडेर गएको हस्तकला बचाउन नयाँ पुस्तालाई अग्रसर हुन महोत्सवले प्ररणा दिएको बताए । उनले भने,‘कला महोत्सवले हस्तकला शहरको उपादी बचाउन सहयोग गर्नेछ ।’
महोत्सवको व्यवस्थापक रणुका बज्रचार्यले नगरपालिकाको १६ नं. वटाले कार्यक्रम आयोजना गरेको हुँदा स्थानीय कालिगढहरुलाई कला महोत्सवमा सहभागी गराउन सझिलो भएको विचार व्यक्त गरिन् । उनले भनिन्,‘स्थानीय जनसहभागीताका लागि गरिने कार्यक्रमका लागि स्थानीय स्तरका सरकारी निकाय परिचालन गर्दा महोत्सवको सफलतामा सहयाोगी हुने रहेछ ।’ जिल्ला प्रशासन कार्यालयका सहायक सिडिओ खेमराज भुसालले पर्यटन बर्ष २०२० सफल बनाउन महोत्सवले सहयाोग गर्ने धारणा राखे ।

महोत्सवमा योगदान दिने सहयोगीहरुलाई सम्मान गरिएको थियो ।

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार  १२ : ०० बजे