५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वालवालिकाका लागि संस्कार कक्षा संचालन हुँदै


१९ चैत्र २०७५, मंगलबार  

0
Shares

लपु संवाददाता
चैत्र १९ ०७५,झरुवाराशी । वालवालिकाहरुलाई संस्कार कक्षा सञ्चालन हुने भएको छ । ललितपुरको झरुवाराशीमा रहेको मुमुक्षु उद्धव शर्माको आश्रममा वालवालिकाहरुलाई वैदिक सनातन,नैतिक र आचरणबारे शिक्षा दिन संत्सङ्ग एवं संस्कार सञ्चालनको तयारी गरिएको हो ।
हरेक शनिबार हुने संस्कार कक्षा नयाँ बर्षबाट शुरु हुनेछ । आध्यामिक,धार्मिक र नैतिक आचरणबारे ज्ञान दिनका लागि संस्कार कक्षा सञ्चालनको तयारीमा रहेको मुमुक्षु उद्धव शर्माको धारणा छ ।
पछिल्लो समय बालवालिकाहरुमा धर्म संस्कृती रहनसहन रितीरिवाजहरुबारे ज्ञानको अभाव हुन्दै गएको र संस्कारबारे जागरणका लागि संस्कार कक्षा उपयोगी हुने शर्माको विस्वास छ ।
एक सय आठ श्रीमत् भागवत स्वर्ण कल्यार्ण परिषदले शुरु गर्ने कक्षा संचालनका लागि संस्थाका लागि आजीवन सदस्यता वितरण गर्ने र सोही शुल्कबाट व्यवस्थापन गर्ने शर्माको भनाई छ । उहाँको भनाईमा हरेक शनिबार छुट्टीको दिन समय निकालेर वालवालिकाहरुलाई संस्कार कक्षा चलाइनेछ । सनातन हिन्दु धर्म संस्कृती चाल चलन रिजीरिवाजआदि बारे कक्षामा वालवालिकाहरुलाई प्रवचनमार्फत दिक्षित गरिनेछ । कक्षा संचालनका क्रममा वालवाालिकाहरुलाई मनोरञ्जनात्मक रुपमा दिक्षा दिनका लागि संगीतमय रुपमा विभिन्न शिक्षामुलक भजनहरुसमेत गाउने कार्यक्रम राखिनेछ ।
वाल्मिकी क्याम्पसबाट २०६९÷७० शात्रिय लेवलमा नेपालकै उत्कृष्ट विद्यार्थी रहनु भएकी नारीरत्न विधुषी अनुराधा शास्त्रीबाट दिक्षा प्रदान हुनेछ । भने मुमुक्षु उद्धव शर्माको पनि कक्षा संचालनको क्रममा प्रवचन दिने कार्यक्रम हुनेछ ।
आश्रममा प्रत्येक एकादशीको दिन एकादशी महात्य सत्सङ्ग सञ्चालन हुँदै आइरहेको छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १२ : १४ बजे