५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सन्तानेश्वरमा मोनोरेल बन्ने


१९ चैत्र २०७५, मंगलबार  

0
Shares


लपु संवददाता
१९ चैत्र ०७५,झरुवाराशी । झरुवाराशी सन्तानेश्वर टाकुरामा मनोरेल स्थापना हुने भएको छ । सन्तानेश्वर मन्दिर संरक्षण समिती,झरुवाराशी सामुदायिक वन उपभोक्ता समिती र गोदावरी  नगरपालिकालगायतको पहलमा मोनोरेल निर्माण प्रकृया अघि बढेको हो ।
मेनोरल निनर्माणका लागि गोदावरी नगरपालिकाले स्वीकृती दिएको नगरपालिकाका मेयर गजेन्द्र महर्जनले जानकारी दिए ।
स्थानीय भेलाले स्थानीयबासीलाई शेयर वितरण गरेर लगनी जुटाउने र नपुगेको लगानी डेलिम मोनोरेल कम्पनीमार्फत मोनोरेल निर्माण गर्ने योजना छ ।
मन्दिरको फेदी बाट दायाँतर्फ मोडिएर रेल मन्दिरको पुर्व तर्फको चौसठ्ठी शिवलिङ्ग रहेको स्थानमा यात्रु ओराल्ने स्टेशन बन्नेछ । फरि दायाँ घुमेर तल झर्नेछ । यो मोनो रेल १ हजार ८ सय मिटर लामो हुनेछ ।
तीन बर्षअघिको आकलन अनुसार २५ करोड लागत अनुमान थियो । सन्तानेश्वर डेढ किलो मिटर ठाडो उकालो हिडेर सन्तानेश्वर मन्दिरमा बृद्ध बृद्धाहरु आउन नसक्ने अवस्थालाई मध्यनजर गरेर मोनोरेल निर्माण गर्न लागेको सन्तानेश्वर मन्दिर वयवस्थापन समितीका अध्यक्ष विनोद खड्काले ललितपुर खबरलाई बताए । काठमाडौंबाट नजिकै रहेको हिन्दुहरुको प्रसिद्ध तीर्थस्थल रहेको सन्न्तानेश्वरलाई धार्मिक पर्यटकीय स्थलको रुपमा प्रबद्र्धन गर्न मोनोरेल आवश्यक रहेको तर्क उनको तर्क थियो ।
समयमै सञ्चालन गर्न सके यो मोनोरेल नेपालकै पहिलो हुनेछ । कोरियाको डेलिम मोनोरेल कम्पनीले यो रेल बनाउने कार्ययोजना छ । निर्माण शुरु भएको १ वर्षमा रेल सञ्चालन गर्न सकिने डेलिमले जानकारी दिएको थापाले बताए ।
वनको कारण आइई रिर्पोट बन्न सकेन
रेल निर्माणको लागि ३ वर्षदेखि विनोद थापा सरकारी निकाय धाएको धायै छन् । सरकारी निकायको धिमा गतिका कारण अहिलेसम्म आइई रिपोर्ट बन्न सकेको छैन ।
६० देखि ६५ वटासम्म रुख काट्न पर्ने रिपोर्टमा उल्लेख गरिएको छ । तर धेरै रुख काट्न आवश्यक नभएको थपाको भनाई छ । उनी भन्छन्,‘रेल चल्नन दुई मिटर मात्रै भए पुग्छ । धेरै रुख काट्नन आवश्यक छैन । रेलमा ड्राइभरसमेत ९ जना बस्न मिल्छ । मोनोरेल ड्राइभरविना सेन्सरबाट पनि सञ्चालन गर्न सकिने भएपनि तत्कालका लागि ड्राइभर राखिेछ ।’
दक्षिण कोरियाको डेलिङ्ग मोनोरेल कम्पनीले सबै भौतिक पुर्वाधार निर्माण भएपछि रेलको इन्जिन,लिक र मान्छे चढ्े रेलगाडी उतै बनेर आाउँछ ।
यस मन्दिरबाट सुन्दर दृश्यावलोकनन गर्न सकिने र रहेको को पुर्व मोहोडाको ६ फिट चौडाई रहने मोनो रेलमा दुई जना यात्रु सँगै बस्न मिल्छ । मेट्रो रेलको डव्वा १ हजार केजीको हुने हुँदा आठ देखि नौ जना यात्रु मात्रै बस्न मिल्छ ।


स्टेशनका लागि २७ रोपनी जग्गा खरिद भइसकेको छ । रामकाजी पौडेलको व्यावसायी समूहले डेलिङ्ग मोनोरेल चीनको तातोपानीमा चलाउने कार्ययोजना बनाएको तर भुकम्पले त्यस ठाँउमा सञ्चालन गर्न असम्भव भएपछि सन्तानेश्वरमा मोनोरेल सञ्चालन गर्ने कार्ययोजन बनेको कम्पनीमा संलग्न एक कर्मचारीले जानकारी दिए ।
झरुवाराशी वन उपभोक्ता समूह आफ्नो कारणले मोनो रेल रोक्नु हुन्न भन्ने पक्षमा रहेका जानकारी दिए ।
वन कार्यलयले गर्यो स्थलगत निरिक्षण
इलाका वन कार्यालय चापागाँउका वन रक्षक साजन श्रेष्ठले अध्ययनका लागि पहिलो स्थलगत निरिक्षण गरिएको जानकारी दिए ।
उनले भने,‘छोटो दुरी भएकाले रेल सञ्चालन हुनेमा शंका छ ।’


सहायक वन अधिकृत प्रेमा थापा पनि सो निरिक्षण भ्रमणमा सहभागी थ्इिन् । उनले आफ्नो पहिलो स्थलगत भ्रमण गरेको वताइन् । उनले भनिन्,‘ आइइ रिपोर्ट अनुसार कति वटा रुख काट्न मिल्छ भन्ने अध्ययन गर्न यहााँ आएका हौं । हामीले वाततावरणमा के कस्तो क्षति पुग्छ भन्ने विषयमा मात्रै अध्ययन गर्ने हो ।’ उनका अनुसार भर्खर अध्ययन शुरु भएको र राम्रोसँग बुझेर रिपोर्ट लेख्ने जानकारी दिइन् । सामुदायिक वनको कार्ययोजना मिल्छ कि मिल्दैन भनेर अवलोकन गर्न आएको जानकारी दिइन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ९ : ०९ बजे