५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


भारदेउमा कोन्ज्योम प्रतिक शिलान्याश


२२ चैत्र २०७५, शुक्रबार  

0
Shares


लपु संवाददाता
चैत्र २२ ०७५,ललितपुर । ललितपुर कोन्ञ्जोसोम गाँउपालिकामा कोन्ज्योमको प्रतिक निर्माण हुने भएको छ । ललितपुरकी प्रदेश सासंद लालकुकमारी पुनले शुक्रबार भारदेउको फुलवारी डाँडामा प्रतिकको शिलन्यास गरेकी छिन् ।
बुद्ध,पद्मसमाथ र चेङ्गरेसेकलाई कोञ्ज्योसोमले पुकारिन्छ । कोञ्ज्योसोमको अर्थ भगवान् बुद्धका त्रिमूर्ति भन्ने बुझिन्छ ।
उद्घाटन कार्यक्रममा कोन्ज्योसोम गाँउपालिकाका प्रमुख गोपि लाल सिङ्तान ,उपप्रमुख मिङ्गमा लामा, विभिन्न वडाका वडाध्यक्षहरुको सहभागी थिए ।
शिलन्याशपछि बोल्दै सासंद पुनले कोञ्ज्योमको प्रतिक शिलन्याश गर्न पाउदा खुशी व्यक्त गर्दै भनिन्,‘बौद्धमार्गीको बाहुल्य रहेको यस कोञ्ज्योसोममा कोन्ज्योमको प्रतिक निर्माण हुनु एउटा सुखद समाचार हो । यस प्रतिकको निर्माण सम्पन्न नहुन्दासम्म मेरो सहयोग रहनेछ ।’
कोञ्ज्योमको प्रतिक निर्माणका लागि प्रदेशबाट ४० लाख बजेट विनियोजन गरिएको छ भने सम्पूर्ण संरचनना निर्माण गर्न २२ करोड खर्च हुने अनुमान छ ।
यस स्थलमा बुद्धको मूर्तिहरु पार्क, यस स्थलसम्म पुग्नका लागि व्यवस्थित सिडीहरु समेत निर्माण गरिनेछ ।

प्रकाशित मिति : २२ चैत्र २०७५, शुक्रबार  ९ : ४३ बजे