५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘खानेपानीले सडकमै खोला बगायो’


२३ चैत्र २०७५, शनिबार  

0
Shares


लपु संवाददाता
२३ चैत्र ०७५, चापागाँउ । ललितपुरको चापागाँउ सडकमा काठमाडौं उपत्यका खानेपानी लिमिटेडले पानी फ्यााकेर खोला बगाएको भन्दै स्थनीय बासिन्दाले विरोध गरेका छन् । शनिबार विहान झरि परेपछि टाहाखेल चौतारास्थित पानी टयाङ्कीमा ल्याइएको धमिलो पानी बगाउदा स्थनीय टाहाखेल चापागाउ सडकमा खोलो बगेको थियो ।
उसै त हिलाम्मे सडक त्यसमाथि खानेपानीले खोला बगाएपछि हिड्न सस्ती भएको स्थानीय विजय महर्जनले बताए । उनले भने,‘झरि पर्दा सधै खानेपानी ट्याङ्कीबाट धमिलो पानी बाटोमा बगइन्छ । यहाका हजारौं यात्रुले हिलो खानु पर्छ ।’ सडक किनारामा रहेको पानी बग्ने ङ«ेन माटोले पुरिएपछि धमिलो पानी सडकबाटै बगेको हो ।


खानी क्षेत्र बासुकी मुहानमा पानी परेपछि माटो मिसिएर पानी धमिलो हुने गरेको टाहाखेलमा भेटिएका राम केसीले बताए । उनले भने ‘यो पानीमा खानीके माटो मिसिएको हुँदा पानी परेपछि सधै धमिलो पानी आउँछ ।’
धमिलो पानी धारामा पठउन नमिल्ने भएको हुँदा आदेशपछि बगाइदिएको पानी ट्याङ्कीका कर्मचारी रामगोविन्द महर्जन वताए ।
खानेपानीका कर्मचारी समुन्द्र केसीले नयाँ ट्याङ्की निर्मााण भइरहेको हुँदा पानी फ्याक्नु परेको बताए । उनले भने,‘म भोलि गएर के भएको हो बुझ्छु ।’

प्रकाशित मिति : २३ चैत्र २०७५, शनिबार  ९ : ५२ बजे