५ जेष्ठ २०८१, शनिबार | Sun May 19 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दलचोकीमा सप्ताह महायज्ञ आयोजना हुने


२४ चैत्र २०७५, आइतबार  

0
Shares


लपु संवाददाता
२४ चैत्र ०७५,दलचोकी । ललितपुरको दलचोकीमा रहेको मनकामना मन्दिरको स्तरोन्नतीको सयोगार्थ श्रीमत् भागवत सप्ताह तुलादान ज्ञान महायज्ञ आयोजना हुने भएको छ । नयाँँ वर्षको पहिलो दिन वैशाख १ गते कलश यात्रा,पुणाङ्ग तथा उद्घाटन कार्यक्रम हुनेछ । महायज्ञ कार्यक्रमको कथा वाचन प्रष्टवक्ता भागव रसिक श्री अरविद शास्त्रीजीबाट हुनेछ । महायज्ञमा राष्ट्रिय कलाकारहरुबाट भजन तथा झाँकी प्रर्दशन गर्ने कर्यक्रम छ । सप्ताह महायज्ञको कथा उपवाचक गणेश अधिकारीले गर्नेछन् ।

आइतबार दलचोकीमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अरविन्द शास्त्री

सप्ताह महायज्ञको अन्तिम दिन वैशाख ९ गते सामुहिक व्रतवन्ध आयोजना हुनेछ भने त्यसै दिन प१च वर्षे अखण्ड दिप नल्लुमा रहेको पाथिभारा मन्दिरमा विर्सजन गर्ने कार्यक्रम रहेको छ ।
कोन्ज्योसोम ३ का वडाध्यक्ष तिलकबहादुर बम्जनले मनकामना मन्दिर जिर्णोद्धार कार्यक्रम सप्ताह महायज्ञबाट उठेको रकमबाट नपुग भएमा स्थानीय सरकारले बजेट निकाशा गरेर पुरा गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्दिर नजिकै निर्माणाधिन भ्यूटावरका कारण पछि मनकामना मन्दिरको दर्शन गर्न जाने दर्शनार्थीको उल्येख्य सहधागीता हुने उनको तर्क थियो ।

गाँउपालिकाले अघिल्लो वर्ष ३ लाख वजेट विनियोजन गरि कम्पाण्डवाल लगाइएको थियो भने यस वर्ष ४ लाख वजेटबाट कम्पाउण्ड पुरा गर्दैछ । गाँउपालिकाको अगुवाईमा मन्दिरको डिपिआर बन्ने क्रममा छ । ‘मन्दिर ५ वर्षभित्र बनाउने गाँउपालिकाको योजना छ ।’ बम्जनले भने ।

हरेक दिन साँझ ७ बजेदेखि ९ः३० सम्म महात्म्य कथामा आधारित नाटक देखाइने कार्यक्रम छ ।

कथावाचक अरविन्द्र शास्त्रीको राष्ट्रव्यापाी १०८ महापुराण अभियान अन्र्तगत यो अन्तिम १०८ औं महापुराण रहेको सहवाचकध गणेश अधिकारीले वताए ।
जिर्ण रहेकाले मन्दिर स्तरोन्नती गर्न आवश्यक परेकाले सप्ताह महायज्ञ आयोजना गर्न लागेको वताए महायज्ञ व्यवस्थापन समिीका अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए ।
२०४४ चैत्र १२ गते स्थानीय महिला संगठन मिना तिमल्सिनाको अगुवाईमा गोरखास्थित मनकामना मन्दिरबाट शिला ल्याई मन्दिर स्थापना गरिएको थियो । यस मन्दिरमा दर्शन गर्न ललितपुरको काठमाडौं भक्तपुर लगायतका विभिन्न जिल्लाबाट भक्तजनहरु दर्शन गर्न आँउछन् ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ६ : ५६ बजे