७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वर्षापछि दक्षिण ललितपुरको सडक बन्द


२४ चैत्र २०७५, आइतबार  

0
Shares


ललितपुर खबर
२४ चैत्र ०७५,ललितपुर । शनिबारको भारी वर्षापछि दक्षिण ललितपुरका अधिकाश सडक बन्द भएका छन् । गाँउपालिकाको वजेटबाट खनिएका गााँउका स्थानीय सडकहरु हिलम्मे हुँदा हिड्नै मुस्किल पर्ने गरेको स्थनीयहरु वताउछन् ।
बर्षापछि ललितपुर भट्टेडाँडा स्थित महाँङ्कालखोल्चा झाक्रिडाँडा मानिस नै हिड्न मुस्किल हुने गरि हिलम्मे भएको सथानीय विनोद बजगाँईले बतााए । उनले भने,‘ठाडो कच्ची सडक र हिलो माटोका करण सडकमा गाडी बन्द भएको हो ।’
झरिपछि गाँउका कच्ची सडक पानीले खोलेका कारण गाडी जान नसक्ने अवस्था श्रृजना भएको ललितपुर इकुडोलका विष्णु द्दिमिरेले बताए । उनले भने गाँउका दुध र तरकारी बजार पु¥याउन आजकल कठीनाई भएको छ ।
ठूलो झरि नपरेपछि कच्ची र हिलो सडकका कारण अधिकाँश गाँउहरुमा गाडी जाननसक्ने अवस्था रहेको उनको भनाई थियो ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  १० : ०६ बजे