७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


पुुल्चोकमा दोश्रो ललित अन्र्तराष्ट्रिय मेला


२४ चैत्र २०७५, आइतबार  

0
Shares


लपु संवाददाता
२४ चैत्र ०७५,ललितपु्र । ललितपुरको नःटोलस्थित मदनस्मारक परिसरमा दोश्रो ललित अन्तराष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ । ललितपुरमा आइतबार दिइएको जानकारी अनुसार यही चैत्र २७ गतेबाट शुरु हुने मेला वैशाख १ गतेसम्म चल्नेछ ।
ललितपुर उद्योग वाणिज्य संघले आयोजना गरेको सो मेलामा नेपाललगायत चीन,भारत,पाकिस्तान,वंगलादेश र श्रीलंका गरि विभिन्न देशका ३० स्टल रहने संघका महासचिव मनोज बहादुर न्याछ्योले ललितपुरमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । उनले भने, ‘करिव ७० वटाभन्दा बढी स्टलमा नेपाली सरसामान प्रर्दशन गरिनेछ ।’
ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनले ललितपुरका हस्तकलालगायत विभिन्न उत्पादनहरुलाई अन्तराष्ट्रिय बजारको पहुचमा पु¥याउन का लागि मेला आयोजना गर्नु परेको जानकारी दिए ।

प्रकाशित मिति : २४ चैत्र २०७५, आइतबार  ११ : २६ बजे