७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


नमूना खेलकुद क्लव च्याम्पियन


२५ चैत्र २०७५, सोमबार  

0
Shares

लपु संवाददाता

२५ चैत्र ०७५, गोदावरी । नमूना खेलकुद क्लब गोदावरीले आयोजना गरेको नेट च्याम्पियनसिप सम्पन्न भएको छ । यही चैत २१ देखि २५ गतेसम्म संचालन भएको प्रतियोगितामा आयोजक नमूना खेलकुद क्लव नै च्याम्पियन बन्न सफल भएको छ ।

च्याम्पियनसिपमा फुटबल र ह्यान्डबलका विभिन्न ५ इभेन्टका खेलहरु आयोजना गरिएको थियोे । प्रतियोगिताको पुरुष खुल्ला फुटबल प्रतियोगितामा भने डायमण्ड्स टाईम्स क्लव उप विजेता बन्न सफल भएको थिथयो । नमूना खेलकुद क्लवका पासाङ तामाङ उत्कृष्ट खेलाडी ब्नन् सफल भए । महिला खुल्ला फुटबलमा ललितपुर फुटबल एकेडेमी विजेता र पद्मकन्या स्कुल उपविजेता भए भने ललितपुर फुटबल एकेडेमीका झरना नगरकोटी उत्कृष्ट खेलाडी चुनियन्् । फुटबलतर्फ नै पुरुष १५ वर्ष मुनि उमेर समूहमा बुद्ध शान्ति क्लव गोदावरी विजेता र फ्यान्स क्लव नागदह, धापाखेल उपविजेता बन्न सफल भए जस्मा बुद्ध शान्तिका सुवास तामाङ उत्कृष्ट घोषणा भयो ।

ह्यान्डबल तर्फ खुल्ला महिला तर्फ आयोजक नमूना क्लब गोदावरी विजेता तथा जोसेफ स्कुल कपन, बौद्ध उपविजेता बन्न सफल भए । नमूनाका संगिता श्रेष्ठ उत्कृष्ट खेलाडी बन्न सफल भए, पुरुष ह्यान्डबल तर्फ भने जासेफ स्कुल कपन विजयी हुन सफल भए भने आयोजक नमूना क्लव उपविजेता बन्न सफल भए । नमूनाका पासाङ तामाङ उत्कृष्ट खेलाडी बन्न सफल भए । प्रतियोगितामा विजयी टिम तथा खेलाडीहरुलाई एक कार्यक्रम बिच समापन समारोहका प्रमुख अतिथि गोदावरी नगरपालिकाका मेयर गजेन्द्र महर्जन, अतिथिहरु गोदावरी नगरपालिका वडा नं। ३ का अध्यक्ष बालमुकुन्द घिमिरे, नेपाल ह्यान्डबल संघका केन्द्रीय महासचिव सन्देश रेग्मी, नमुना खेलकुद क्लबका सल्लाहकार चिन लामा लगायतले मेडल, ट्रफि, प्रमाणपत्र र नगद पुरस्कार वितरण गरेका थिए ।

समापन समारोह आयोजक नमूना खेलकुद क्लवका अध्यक्ष डम्बरबहादुर स्याङ्तानको अध्यक्षतामा सम्पन्न भएको थियोे । समापन समारोहको अवसरमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि महिला ह्यान्डबल तर्फ छनौट हुन सफल गोदावरी नपा वडा नं। ३ निवासी खेलाडीहरु ज्योती राना र निरुता घलेलाई विदाई समेत गरिएको थियोे । समग्रमा गोदावरी नगरपालिका भित्रबाट नै आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुँदै गरेको २ जना महिला खेलाडीहरुलाई खेलकुद पोशाक प्रदान गर्दै नगरपालिकाको मेयरबाट विदाई गरिएको हो । कार्यक्रम नमूना खेलकुद क्लबका सचिव नविन्द्र तामाङले संचालन गरेका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७५, सोमबार  १० : १९ बजे