७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मौलिक संस्कृति, अतिक्रमणप्रति चिन्ता


२६ चैत्र २०७५, मंगलबार  

0
Shares

लपु संवाददाता

२५ चैत्र,०७५,ललितपुर । नेवार समुदाय परम्परा र रतिथितिमा सम्पन्न देखिएतापनि आर्थिकस्तर र चेतनास्तर अभिबृद्धि गर्ने सवालमा पछाडी नै रहेको वक्ताहरुले औल्याएका छन् । ताम्रकार समाजको सत्रौं साधारणसभा तथा तेइसौं सामूहिक भेलाको अवसरमा वक्ताहरुले भिन्न राजनैतिक सिद्धान्तलाई अंगीकार गरेतापनि नेवारहरु एकता, पहिचान, मौलिकता, स्वाभिमानका विषयमा एकढिक्काभएर अगाडी बढनुको विकल्प नरहेको बताएका छन् । जावलाखेलस्थित ताम्रकार समाजको भवनमा भएको उक्त कार्यक्रममा नेवारहरुको राष्ट्रिय संगठन नेवाः देय् दबूका अध्यक्ष नरेश ताम्रकारले राजनैतिक चेतनाको कमीले गर्दा नेवार समुदाय अगाडी बढन नसकेको बताउँदै उनले अबपनि लाचार, कमजोर हुने हो भने कहिल्यै माथि उठ्न नसकिने वताए । उहाँले मुलुकको कला, संस्कृति, सम्पदाको उत्थानमा ताम्रकार समुदायको भूमिका महत्वपूर्ण रहेको बताउँदै ताम्रकार वर्गको शीप, कला, कौशलको जर्गेना गर्नसके समग्र मुलुकले फाइदा लिनसक्ने विचार व्यक्त गरेका थिए ।

ताम्रकार समाजका अध्यक्ष रविन्द्रराज ताम्रकारले नेवार समूदायको मौलिक संस्कृति, रहनसहन, भाषाशैलीमा भइरहेको अतिक्रमण चिन्ताजनक भएको वताए ।उनले भने,‘अरुलाई दोष दिएर मात्र उम्कन सकिदैन । आफ्नो रगत, पसिना बगाएर ठडयाइएका ऐतिहासिक कला, सम्पदा, धरोहरको रक्षा तथा अधिकारको लागि नेवाः देय् दबूले प्रभावकारी भूमिका निवार्ह गर्नपर्छ ।’

कार्यक्रममा ७७ वर्ष ७ महिना पारगरेका भिमरथारोहन सम्पन्न एक्काइस जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको थियो । साथै गत शैक्षिक सत्रमा समाजका एस.इ.इ देखि पिएचडी तहसम्म उत्तिर्ण नब्बे जना विद्यार्थीहरुलाई शैक्षिक सम्मान पनि गरिएको थियो । समाजलाई आर्थिक तथा भौतिक सहयोग गर्नुहुने दाताहरुलाई सम्मान पनि गरिएको थियोे । ताम्रकार समाजबाट प्रत्येकवर्ष प्रदानग र्दै आइरहेको उग्रचण्डी सम्मान सिरपा (पुरस्कार) यस वर्ष शारिरीक सुगठन खेलको माध्यमबाट ताम्रकार वर्गको नाम उच्चराख्न सफल सागर ताम्रकारलाई नगद पुरस्कार रु दश हजारका साथ सम्मानपत्र प्रदान गरियो । सो अवसरमा ताम्रकार समाजको आफ्नै मोबाइल एप्लिकेशनको पनि शुरुवात गरीएको थियो । सो समारोहमा समाजका उपाध्यक्ष विनोद ताम्रकार, सम्मानित व्यक्तित्व सागर ताम्रकार लगायतले बोल्नु विचार राखेका थिए । स बन्दसत्रमा महासचिव शम्भुगोविन्द ताम्रकारले वार्षिक प्रतिवेदन, कोषाध्यक्ष दिपेश ताम्रकारले आयव्यय विवरण प्रस्तुत गरेका छन् ।

प्रकाशित मिति : २६ चैत्र २०७५, मंगलबार  ६ : ४२ बजे