७ जेष्ठ २०८१, सोमबार | Mon May 20 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सुनाकोठीमा बन्यो चापागाँउ सडकको वैकल्पिक मार्ग


२७ चैत्र २०७५, बुधबार  

0
Shares


लपु संवाददाता
२७ चैत्र ०७५, सुनाकोठी । दक्षिण तथा मध्यललितपुरका बासिन्दाहरुका लागि खुशीको समाचार छ अव सुनाकोठीको जामका कारण सास्ती खेप्नु पर्ने छैन । सुनाकोठीको बुद्ध पोखरीदेखि भित्री बाटो सिमाकोसम्म खुलेपछि २० फिटे वैकल्पिक सडक बनेसँगै सडकको सास्ती हट्ने भएको हो ।

प्रदेश सासंद राजकाजी महर्जन सातदोवाटो चापागाँउ सडक विस्तारको लागि सुनाकोठीको बैकल्पिक सडक उपयोगी हुने तर्क गर्छन् । उनी भन्छन्,‘सडक विस्तारको गाँठो हामी विस्तारै फुकाउदै छौं । आएका समस्या समाधान गर्दै अघि बढ्ने हो ।’टिकाभैरव पाटन राजकुलो १ रहेको स्थानमै ६ फिटे सार्वजनिक जग्गा दायाँ बायाँ विस्तार गरि २० फिटे बाटो निर्माण गरिएको वडाध्यक्ष वावुराजा महर्जनले वताए ।


वडाध्यक्ष वावु्राजा महर्जनका अनुसार हाल सुनाकोठीमा रहेको सडकको दायाँ बायाँ दुबैतर्फ सडक निर्माण गरि वैकल्पिक एकातर्फ बाटो चलाउन सकिने ललितपुर खबरसँग वताए । उनले भने, दायाँतर्फ बाटो खुलि नै सक्यो । बायाँतर्फ ८० प्रतिशत सार्वजनिक जग्गा रहेको कारण यहाँबाट बाटो खुल्न सम्भव छ । उनका अनुसार १५ प्रतिशत जग्गाबाट बाटो विस्तार गर्न सहमती लिन सकिन्छ ।’
सडक विस्तारको क्रममा आफ्नो पर्खाल भत्काएको स्थानीय तुलसीराम महर्जनले गुनासो गरे । उनले भनmे‘कुलो जोगाएको भने हाम्रो खेतबारीमा उव्जनी बड््थ्यो । स्थानीय इनार धारामा पानी आउथ्यो । सबैलाई सडक नै चाहिएको छ ।’ पुरानो कुलो रहेको स्थलमा ह्वीम पाइप राखिएको र अहिले सडक विस्तार गरिएको तुलसीरामले जानकारी दिए ।
स्थानीय रविन्द्र महर्जनले सडक साँघुरो वनेको वताए । उनले भने,‘एकातर्फी बाटो चलाउदा एउटा गाडी मुस्किलले छिर्छ । त्याहाँ घर र अरु संरचना नहटाई वाटो चलाउन सकिदैन ।’ तत्काल यो सडक सुचारु गर्न नसके पनि सुनाकोठीमा सडकमा जाम हुँदा यो बाटो चल्ने स्थानीयहरु बताउछन् ।
स्थानीयहरुका अनुसार सडक विस्तारका लागि लामो समयसम्म विवाद भएको थियो । स्थानीय बासिन्दाको पर्खाल भत्काउन ट्वाइलेटको सेफ्टी टयाङ्गकी हटाउन समेत जनप्रतिनिधिहरुले पापड बेल्न्ु परेको उनीहरु सुनाउछन् । भर्खर ट्याक खुलेको हो । सडक ग्राइभेल गरिएको छैन । ग्राइभेल गर्न केही टिप माटो झरिएको छ ।
ललितपुरको गोटिखेलका स्थानीय भिमसेन घिमिरेले चापागाँउ सातदोवाटो सडक विस्तार नहुँदा मध्य तथा दक्षिणललितपुरका बासिन्दा अध्यारो कुनामा बस्नु परेको दुखेसो पोखे । उनले भने,‘पाटन मात्रै ललितपुर होइन । ललितपुरको ८० प्रतिशत भुभाग सधै अविकशित रहने हो भने दक्षिण ललितपुरलाई अर्को जिल्ला बनाउनु पर्छ ।’


सडक विभागबाट ठेक्का लगाइएको यस सडक निर्माण पिआर समृद्धि र पुर्णचण्डी जेभिले गरिरहेका छन् । सडक निर्माणका लागि पौने तिन करोड लागतमा ठेक्का लगाइएको हो । ६ मिटर चौडा सडक कालोपत्रे गर्ने ठेक्का सम्झौतामा उल्येख छ ।
ठेकेदार कम्पनीका प्रतिनिधि प्रदिप श्रेष्ठले वाल लगाएर निर्माण पुरा भएको ठाँउहरुमा तत्काल ग्राइभेल भइहाल्ने जानकारी दिए । उनले भने,‘कुलो खनेर बाटो बनाइएको हुँदा ठाँउ ठाँउमा अझै विवाद छ । स्थानीय बासिन्दाले जग्गा छोड्न नमान्ने सडक निर्माणमा खटिएका कामदारहरुलाई आक्रमण गर्दा काम गर्न अप्ठ्या्रो परेको छ ।’

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  ९ : ३१ बजे