१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


दोश्रो ललित अन्र्तराष्ट्रिय मेला शुरु


२७ चैत्र २०७५, बुधबार  

0
Shares


लपु संवाददाता
२७ चैत्र ०७५,पुल्चोक । ललितपुरको पुल्चोकमा दोश्रो ललित अन्तराष्ट्रिय मेला बुधबारबाट शुरु भएको छ । ललितपुर उद्योग वाणिज्य संघको आयोजनामा शुर मेलाको उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ्ले रिवन काटेर शुभारम्भ गरे ।
उद्घाटन मन्तव्यको क्रममा उपराष्ट्रपति नन्द बहादुर पुनले ललितपुरमा व्यापार मेल ागर्ने ठाँउको अभाव महसुस भएको विचार व्यक्त गरे । उनले भने,‘नगरपालिका लगायत यहाँका सरोकारवाला निकायको ध्यान यसतर्फ पक्कै जानेछ ।’


मेलामा नेपाली ६० वटा स्टल राखिएको जानकारी दिए । उनले भने यहाँ भारत,चीन,ंबगलादेश र पाकिस्तानको ४० वटा स्टल छन् ।
उद्घाटन कार्यक्रममा बोल्दै संघका अध्यक्ष कृष्णलाल महर्जनले सरकारले ललितपुरका हस्तकला र टेक्टायल उद्योगलाई विशेष संरक्षण गरे यहाँका उद्योग व्यावसायले छिट्टै फट्को मार्ने विचार व्यक्त गरे । उनले भने ‘यहाका काठका मुर्ति मात्रै होइन सुन चादी हिराका गहना बनाउने कालिगढका व्यावासायलाई अन्तराष्ट्रिय बजारमा जान सरकारको सहयोग जरुरी छ ।’

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष भरतलाल जोशीले सरकारी झण्झड हटाए उद्योग क्षेत्र छिट्टै फस्टाउछ ।

प्रकाशित मिति : २७ चैत्र २०७५, बुधबार  २ : ३३ बजे