१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बाच्न चाहन्छिन् क्यान्सरपीडित अबोध बालिका


२९ चैत्र २०७५, शुक्रबार  

0
Shares


सहयोग गरिदिन परिवारको याचना
२९ चैत ०७५, काठमााडौं । रक्त क्यान्सरबाट पीडित बालिका उर्वसी केसीको खर्च अभावमा उपचारमा समस्या भएको छ । दोलखा चरिकोट गाँउपालिका–५ घर भई हाल काठमाडौं मनमैजुमा बसोवास गरिरहेकी पाँच वर्षीय बालिकाको उपचारमा लाग्ने खर्चको जोहो नहुँदा समस्या भएको परिवारले जनाएको छ ।
शुक्रबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दे बिरामीका आफन्तले हालसम्म ३ लाख खर्च भईसकेको र आफुहरुसंग बाँकी खर्च गर्न सक्ने अवस्था नभएको जनाए । उनीहरुले छोरीको उपचारमा सहयोग गरिदिन आग्रह गरेका छन् ।
हाल कान्ति बाल अस्पतालमा अंकोलोजी बिभागमा उपचार गराईरहेकी उनको उपचारमा २२ लाखसम्म खर्च लाग्ने चिकित्सकहरुले भनिसकेको बालिकाकी आमा उर्मिला केसीले जानकारी गराईन् । रोगको पत्ता लगाउँदैमा र बोनम्यारो तथा रक्त परीक्षणको लागि भारतमा नमुना संकलन पठाउनुपर्ने भएका कारण आफुहरु खर्च धान्न नसक्ने अवस्थामा आईपुगेको आफन्तले पीडा रहेको छ ।
पछिल्लो समय बालिकाको फोक्सो, पेट तथा गाला सुनिँदै आएको र तुरुन्त खर्चको जोहो गर्न सकेमा मात्रै बालिकालाई बचाउन सकिने डाक्टरहरुको भनाई रहेको उनकी आमाले दुःखेसो पोखिन् ।

ईमेज एकेडेमी मनमैजुमा पढिरहेको छोराले पनि खर्च अभावकै कारण पढाई बिचैमा छोड्नु परेको बालिकाकी आमाले पत्रकार सम्मेलनमा दुःखेसो पोखिन् ।
छोरीलाई बचाउने इच्छा हुँदाहुँदैपनि खर्च अभावमा उपचार गर्न नसकेको भन्दै उनले सरकार र सम्पुर्ण दाताहरुबाट सहयोगको अपेक्षा गरेको बताईन् । अहिलेसम्म बालिकालाई दुईपटक किमो दिईसकेको र पहिलो किमोलगत्तै बालिकाको कपाल खस्न थालेको उनकी आमाले जनाईन् ।
विरामी बालिकाका बुवा ध्रुव केसी सामान्य जिविकोपार्जनको लागि नयाँ बजारमा सेक्युरिटी गार्डको काम गर्दे आएका छन् । उनले पनि आफ्नी छोरीको उपचारमा सहयोगको लागि दाताहरुमा अनुरोध गरेका छन् ।
अहिलेसम्म केही व्यक्ति तथा संस्थाहरुले सहयोग गर्ने वचनबद्धता व्यक्त गरेपनि ६० हजारमात्र संकलन हुन सकेको परिवारको भनाई छ ।
उर्मिला केसीको नाममा रहेको ग्लोवल आइ.एम.ई. बैंक मनमैजु शाखाको खाता नम्बर म्डण्ठण्ज्ञण्ण्ण्ज्ञण्ढछ मा रकम जम्मा गरेर बालिकाको जीवनरक्षा गरि दिन परिवारले अपिल गरेको छ । आफ्नो मोबाईल नम्बर ढडटटद्धण्ज्ञघछड,ढडछज्ञद्दछघद्दज्ञट मा सम्पर्क गरेर बिस्तृत जानकारी लिन सक्नेपनि परिवारले जनाएको छ ।

प्रकाशित मिति : २९ चैत्र २०७५, शुक्रबार  १० : २० बजे