११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


कल्पना सगरमाथा चढ्न ल्हासातर्फ प्रस्थान


३० चैत्र २०७५, शनिबार  

0
Shares

लपु संवददाता
३० चैत्र ०७५,ललितपुर । शिक्षाको माध्यमले बालविवाह रोकथाम अभियान–२०१९ को नारासहित पत्रकार एवं सगरमाथा आरोही कल्पना महर्जन विश्वको सर्वोच्च शिखर सगरमाथा पुन आरोहणका लागि चीनको ल्हासातर्फ प्रस्थान गरेकी छन् । ललितपुर उद्योग बाणिज्य संघद्वारा आयोजित विशेष समारोहमा  उपराष्टपति नन्दबहादुर पुनले खादा ओढाएर महर्जनलाई सफल आरोहणको शुभकामना दिदै विदाई गरे । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पुष्पगुच्छासहित महानगरपलिकाको कार्यालयबाट खादा ओढाएर सफल आरोहणका लागि दिदै विदाई शुभकमना विदाई गरेका थिए ।
कार्यक्रममा पर्वतारोहण व्यवस्थापन कम्पनी एक्सपेरियन्स् आउटडोरका प्रबन्धनिर्देशक रविन्द्र महर्जनले सगरमथ आरोहणका लागि कल्पना महर्जनलेको तयारीबारे जानकारी दिए । ललितपुर महानगरपालिका स्थापनाको १ सयऔं वर्षगाँठ र शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीको १ सयऔं जन्मोत्सवको अवसर पारी आरोही महर्जनले ललितपुर महानगरपालिकाको नाम, लोगो र जोशीको तस्वीर अंकित झण्डा सगरमाथाको शिखरमा फहराउने योजना रहेको छ ।
कल्पनाले गर्ने सफल शिखर आरोहणका लागि ललितपुर महानगरपालिका, ललितपुर उद्योग बाणिज्य संघ, यूनाईटेड सिमेन्ट, मैजान तेल, श्री दक्षिण बाराही इटा उद्योग, बुद्ध एयर, एभरेष्ट फेशन, महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी, आईआईएमएस कलेज, इमाडोल स्वीमिङ पुल, डिस होम, एभरेष्ट हार्डवयरलगायतका संघ, संस्थाहरुको सहयोग रहेको छ ।
आरोही महर्जनले सन् २०१८ को मे २३ तारिखका दिन नेपालतर्पmको दक्षिण मोहोडाबाट सगरमाथा शिखरको सफल आरोहण गरेकी थिइन । महर्जनको यो आरोहण सफल हुँदा उनी सगरमाथाको दुवै मोहोडाबाट शिखर चुम्ने विश्वकै पहिलो महिला पत्रकारको किर्तीमान स्थापित हुनेछ ।
कल्पना ललितपुर ठेचोको स्थायी बासिन्दा हुन् । उनी पेशाले पत्रकार हुन् । उनले विभिन्न संचारमाध्यमहरुमा पत्रकारको रुपमा काम गरेकी छिन् ।

प्रकाशित मिति : ३० चैत्र २०७५, शनिबार  ८ : ०५ बजे