१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सामुदाय प्रहरी साझेदारी टोलमा गठन हुन थाल्यो


७ बैशाख २०७६, शनिबार  

0
Shares


लपु संवाददाता
७ वैशाख ०७६,तिखेदेवल । समुदाय प्रहरी साझेदारी अन्र्तगत वडास्तरिय समिती गठन टोलस्तरमा समिती हुन थालेको छ । ललितपुर महानगरपालिका १४ मा तिखेदेवलमा पनि शनिबार समिती गठन भएको हो । समाजमा घट्ने अपराधको घटना न्युनिकरण तथा अपराधिक घटनालाई समाजबाट निगरानी गर्न नेपाल सरकारले यो गतअसोजबाट देशभर यो कार्यक्रम शुरु गरेको हो ।
ललितपुर महानगरपालिका १४ मा ४ वटा समिती गठन गरिएको वडाध्यक्ष रामवावु महतले वताए । उनले भने,‘शान्ति सुरक्षाका लागि हामी अव प्रहरीसँग मिलेर अघि बढ्छौं ।’
सातदोवाटोका प्रहरी नायव उपरिक्षक गौत्तम मिश्रले सूचना आदानप्रदान,अपराध न्युनिकरण,अपरेशन, सरसफाई लगायतका काममा सहकार्यले फाइदा पुग्ने वताए । उनले भने,‘महानगरका सवै वडामा समिती गठन भइसकेको छ । वडा नं. १५ मा २ वटा,धापाखेल र लभूमा पनि गठन भइसकेको छ ।’


समुदाय प्रहरी साझेदारी अन्र्तगत केन्द्र, पालिका, वडा र टोल गरेर चार तहमा समिती गठन गरिन्छ । नागरिक समाज,जनप्रतिनिधि क्लव, संघसंस्थालगायत समाजका विभिन्न व्यक्तिहरुलाई समेटेर समिती गठन गरिन्छ । सम्वन्धित वडाको वडासदस्य यस समितीको संयोजक हुने व्यवस्था छ । महिला समुह,टोल सुधार समिती,युवा र स्थानीय भद्र भलाद्मीहरु समेटेर समिती गठन गरिन्छ ।
यो स्थायी प्रकृतीको हुन्छ ।

प्रकाशित मिति : ७ बैशाख २०७६, शनिबार  ६ : ३१ बजे