१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


च्यासलको फल्चा दैनिकी


८ बैशाख २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
वैशाख ०७६, च्यासल । नेवारी भाषामा फल्चा, नेवारीमा पाटी । पाटनमा धेरै फल्चा  छन् । एक दर्जनजति । यहाँका लामा फल्चालाई लामपाटी भनिन्छ ।
च्यासल कोयलाक्षीको फल्चामा भाइलाल ,ज्ञानलाल,अष्टमान र कृष्ण अवाले विश्राम गरिरहेका भेटिए । उनीहरु बच्चैबेलादेखि यही भजन गाउदा गाउदै हुर्किए । आज बुढेसकालले छोइसक्यो । फुर्सदमा जीवनका पुराना दिन सम्झन्छन् । दिन विताउछन् ।
ज्ञानलाल अवाले भन्छन्, ‘सबै फल्चामा मानिस बस्दैनन् । कही कतै केटाकेटी खेल्छन् । कही सामान राखिएको छ ।’
नेपाली बस्तीमा सम्पदा संरक्षण गर्ने जागरण त छ । तर उपयोगिता बढाउन र युवा पुस्तालाई पाटीमा ठहलिने बनाउन सकिएको छैन ।

समय वदलिएको छ । मान्छेलाई फुर्संद छैन । त्यसैले  ।


अष्टमान सम्झन्छन्, ‘उ बेलामा खेत खेतमा फल्चा थिए । अझै खोकनाको खेतमाफल्चा छन् । तर धेरै ठाँउका फल्चा मासिए ।’
भाइलाल अवाले भन्छन्,‘पहिले पत्र पत्रिका थिएनन्, अनलाइन थिएनन् । न त टेलिभिजन न मनोरञ्जनको साधन नै थिए । बस्तीमा रमाउने यही एउटा फल्चा थियो । फल्चा गफ खुब जम्थ्यो , साँझ विहान । टाढा टाढाका गफ गरेर समाचार सुनाइन्थ्यो बस्तीमा ।’
बस्तीका धेरै फल्चा ७२ सालको भुकम्पले भत्किए । धेरै बनिसके केही बन्ने क्रममा छन् । च्यासलको कोयलाक्षी फल्चा पनि भुकम्पले भत्कियो । अघिल्लो सालमा बनेपछि आजकल यहाँको फल्चा नयाँ देखिन्छ । राम्रो पनि छ ।
च्यासलमा हरेक वाह्र बर्षमा हरिसिद्दि नाच ल्याइन्छ । त्यसबेला फल्चामा अटेसमटेस हुन्छ । फल्चामा भजन गाउनेहरु पनि उत्तिकै हुन्छन् ।
अर्को कुनामा सिता अवालेसँगै महिलाहरुसँग बसिरहेको हुल देखिए । उनी भन्छिन्, ‘हामी चुला चौकाका कुरा गछौं । दिन विताउछौं ।’

प्रकाशित मिति : ८ बैशाख २०७६, आइतबार  १० : ११ बजे