१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘नागरिक समाज निश्क्रिय र संचारमाध्यम प्रभावहिन’


९ बैशाख २०७६, सोमबार  

0
Shares

मानव अधिकार सञ्जाल ललितपुरका कोषाध्यक्ष पूर्ण महर्जन बोल्दै । तस्विरहरु ः ललितपुर खबर

लपु संवाददाता
९ वैशाख ०७६,लगनखेल । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आइतबार ललितपुरमा आयोजना गरेको विकाशका लागि नागरिक समाज तथा सञ्चार जगत विषय अन्तक्रिया कार्यक्रममा नागरिक समाज र सञ्चार माध्यम विस्तारै प्रभावहिन भन्दै गरेको धारणा आएको छ । नागरिक समाजका अगुवा र पत्रकारहरुबीच भएको छलफलमा नागरिक समाज निस्क्रिय रहेको र संचारमाध्यमले प्रकाशन प्रशारण गरेको विषयबस्तुले प्रभाव पार्न छोडेको तर्क प्रस्तुत भए ।
कुलबहादुर चित्रकार जेष्ठ नागरिक समाज नेपालका कोषाध्यक्षले सञ्चार माध्यमले समाजमा भएका नराम्रो घटनाबारे जति लेख्दा पनि सरकारी सरकारले पेलेर जाने प्रवृति देखिएको भन्दै अगाडि भने,नेपालमा अहिले पत्रकारिता निरर्थक र प्रभावहीन हुदै गएको छ । ललितपुर बार अध्यक्ष दिपक विष्टले सञ्चार क्षेत्रले सकारात्मक विषय उठान नगर्दा पत्रकारिताको प्रभावकारिता कम हुँदैछ । उनले भने, ‘पत्रकारले समाजमा भएको अर्को पाटो विर्सेको छ । नागष्रिक समाज अलमलिएको छ ।’

ललितपुर बार अध्यक्ष दिपक विष्ट बोल्दै ।

इन्सेक प्रतिनिधि दिपकप्रसाद घिमिरेले पछिल्लो समय नागरिक समाजले जनचासोको विषयमा नबोलेकोमा दुखेसो पोखे । उनले भने, ‘नागरिक समाजका प्रतिनिधिहरुले राजनीतिक आस्था आधारमा मात्रै बोल्दा गलत सन्देश गएको छ ।’ गैसस ललितपुरकी सहसचिव रोशनी कर्माचार्र्यले संचारमाध्यममा काम गर्ने पत्रकारले समाजका सबै खाले समाचारलाई उजागर नगरेको आरोप लगाइन् । उनले भनिन्, ‘सञ्चारमाध्यममा समाजका सबै समाचार लेखिदैनन् ।’
मानव अधिकार सञ्जाल ललितपुरका कोषाध्यक्ष पूर्ण महर्जनले संचारमाध्यमले समाजलाई डोहो¥याउनु पर्नेतफ जोड दिए । ‘नागरिक समाजसँग मिलेर अद्दि बढे मात्रै यो सम्भव छ ।’ उनले भने । गैसस ललितपुरका अध्यक्ष रामहरी घिमिरेले भने नागरिक समाज र संचार क्षेत्रको सहकार्य विना समाज परिवर्तन सम्भव छैन । गैसस ललितपुर सहकार्य प्रगाढ बनाउन आफेनो भुमिका रहेको बिषयमा जोड दिए ।

अन्र्तक्रियामा सहभागीहरु ।

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  ८ : ०१ बजे