६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


घुम्नलायक सुन्दर चित्लाङ्ग


९ बैशाख २०७६, सोमबार  

0
Shares


लपु संवाददाता
९ वैशाख ०७६, ललितपुर । चित्लाङ्ग । काठमाडौंको दक्षिण भेगमा गर्ने एउटा परम्परागत बस्ती । अत्याधुनिक शहर काठमाडौंसँगै रहेको गाँउ । जहाँ सामान्य जीवन छ । गाँउले परिभेष छ ।
पहाडको बीचमा समथर जमिनमा छ, चित्लाङ्ग । यहाँ सधै हरियाली देखिन्छ, सिमसार छ । बस्तीमा पुराना घरहरु छन् ।
चित्लाङ्ग पुग्न एउटै सझिलो बाटो छ । थानकोटबाट सिधै उकालो लाग्ने । चन्द्रागिरी नपुग्दै देउराली भेटिन्छ । यहि देउरालीबाट देखिन्छ रमणिय चित्लाङ्ग । देउरालीबाट ओरालो झर्नु पर्छ । बनको बाटो ओरालो झरेपछि चित्लाङ्ग पुगिन्छ । तस्विर ः चित्लाङ्ग अर्गानिक भिलेज रिर्सोट


चित्लाङ्गमा प्रसस्त होम स्टे होटल र रिर्सोट छन् । प्राकृतिक मनोरम वातावरणमा रमाउन र अर्गानिक रिसोर्ट र बाख्राको चीज खान चित्लाङ्ग जान सकिन्छ ।
चित्लाङ्गमा बास बसेर नजिकै रहेको मार्खुमा रहेको इन्द्र सरोवर पनि घुम्न सकिन्छ ।

 

प्रकाशित मिति : ९ बैशाख २०७६, सोमबार  १ : ५७ बजे