१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वचत संघले सुझाव बुझायो


१० बैशाख २०७६, मंगलबार  

0
Shares

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाललाई तीन महले सुझाव बुझाउदै वचत संघ ललितपुरका अध्यक्ष रामहरी बजगाई । तस्विर ः ललितपुर खबर

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाललाई तीन महले सुझाव पढेर सुनाउदै वचत संघ ललितपुरका अध्यक्ष रामहरी बजगाई ।लपु संवाददाता
१० वैशाख ०७६, पुल्चोक । वचत तथा ऋण सहकारी संघ ललितपुरले मंगलबार पुल्चोकस्थित राष्ट्रिय सहकारी महासंघलाई तिन महले विवरण अनुसार सुझाव बुझाएको छ । बुधबार विहान पुल्चोकस्थित कार्यालय पुगेर संघका अध्यक्ष रामहरी बजगाँईले बुझाएका हुन् । ललितपुर वचत संघले इन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरेर आफूसँग आवद्ध संस्थाहरुबाट सुझाव लिएको थियो ।
संघले दिएको सुझावहरुमा एक सदस्यले एउटा मात्रै सहकारीमा कारोवार गर्न सम्भव नहुने राय बुझाएको छ । संघले कार्यक्षेत्र नतोक्न, आन्तरिक कार्यविधि बनाउने सम्बन्धमा,सदस्यता, विशेष साधारण सभा,सदस्यता, संचालक बहाल नहुने,सदस्य केन्द्रित भइ वचत तथा ऋणको कारोबार,लगानी गर्न राष्ट्रिय सहकारी बैंक बाहेक अन्त लगानी गर्न नहुने सन्दर्भमा,संस्था वा संघ दर्ता गर्दा वखत वा सदस्या वाहेक अन्य सदस्यले ३ महिना नपुगी ऋण लगानी गर्न नहुने विषयमा संशोधन गर्न माग राखेको छ ।
संघले दण्ड सजाायको सम्बन्धमा कुनै आपत्ती नराखेको संघका अध्यक्ष रामहरी बजगाँईले धारणा राखे । उनले भने, ‘बरु सजाय बढाउनु पर्छं । राम्रो संस्था चलाउनु पर्छ दण्डले राम्रै गर्छ । व्याजदर नियन्त्रण गर्न सजाय बढाए राम्रो हुन्छ ।’ संघले बुझाएको मागका सम्बन्धमा बोल्दै महासंघका अध्यक्ष केशव बडालले सबै सुझावहरु जस्ताकै तस्तै पनि नजाने र केही जादै कि भनेर डर नमान्न सुझाव दिए । उनले भने,‘ सबै सुझाव केलाएर आवश्यक सुझावहरु मन्त्रालयलाई पेश गर्नेछौं ।’

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशव बडाललाई तीन महले सुझाव पढेर सुनाउदै वचत संघ ललितपुरका अध्यक्ष रामहरी बजगाई ।

२०७४ कार्तिक १ गते जारी भएको सहकारी ऐनका केही दफाहरुले सहकारी संस्था सञ्चालनमा समस्या आएको भन्दै सहकारीकर्मीहरुले विरोध गरेपछि सहकारी मन्त्रालयले ऐन संशोधन सम्बन्धमा कार्यदल गठन गरेको थियो । सो कार्यादललाइ सुझाव दिनका लागि देशभरबाट अहिले सुझाव संकलन भइरहेको छ ।

प्रकाशित मिति : १० बैशाख २०७६, मंगलबार  १० : ४६ बजे