१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


बडिखेलमा वडाध्यक्ष कप कराँते प्रतियोगिता


११ बैशाख २०७६, बुधबार  

0
Shares

वडाध्यक्षहरुको तस्विर राखेर प्रचार
लपु संवाददाता
११ वैशाख ०७६, बडिखेल । बैशाख १३ र १४ गते गोदावरी नगरपालिका बडिखेलको पथ प्रदर्शक मावि परिसरमा प्रथम वडाध्यक्ष कप खुल्ला राष्ट्रिय कराते प्रतियोगिता आयोजना हुने भएको छ । गोदावरी नगरपालिकाका १४ वटै वडाको वडाध्यक्षहरुको तस्विर राखेर प्रतियोगिताको प्रचार गरिएको छ ।
गोदावरी ४ र बडीखेल शाखाको आयोजनामा हुने यस प्रतियोगिताका लागि वडाअध्यक्ष मुकुन्दबहादुर पहरीको संयोजकत्वमा प्रशिक्षकहरु र सामाजिक क्षेत्रमा अगुवाहरु, युवाहरू सहितको मूल आयोजक समिति गठन गरिएको छ ।
आफु कराते खेलको प्रशिक्षक र राष्ट्रिय खेलकुद परिषद्को पूर्व बोर्ड सदस्य समेत रहेको र यस वडामा खेलकुदलाई विशेष प्राथमिकतामा राखेकोले य प्रतियोगिता आयोजना गर्न लागेको वडाअध्यक्ष पहरीले बताउए । उनले भने, ‘बडीखेल शाखा डोजो स्थापना भई लामो समयदेखि कराते खेलको प्रशिक्षण भइरहेको छ । यहाँका खेलाडिह?को प्रगतिका लागि पनि यस्ता खेलहरुआयोजना हुन आवश्यक छ ।’
यो खुल्ला कराते प्रतियोगिता भएकोले नेपाल कराते महासंघअन्तर्गत अफिसियल करातेका केही राष्ट्रिय संघका टिमहरु, विभिन्न जिल्ला टिमहरु, शाखा डोजोहरुका खेलाडीहरुको सहभागिता जनाउने छन् । प्रतियोगितामा महिला १२० र पु?ष १५५ गरि जम्मा ३५५ जना खेलाडीह?ले कुमिते र काता ईभेन्ट गरि २४ स्वर्णका लागि प्रतिस्पर्धा गर्नेछ ।
कराते प्रतियोगितासँगै करातेका विविध रोचक खेल प्रस्तुतिहरु, विविध सांस्कृतिक प्रस्तुतिहरु, पहरी समुदायको सांस्कृतिक झाँकीहरु समेत देखाइनेछ । उक्त राष्ट्रिय कराते प्रतियोगिताको उद्घाटन जलस्रोत, उर्जा तथा सिंचाइ मन्त्री बर्षमान पुनले गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएको छ । प्रतियोगितामा सहभागी खेलाडी, निर्णायक तथा प्रशिक्षकह?लाई खाना, आवास र यातायातको लगायतका सबै खर्च आयोजक समिति स्वयंले व्यहोर्ने छ । कार्यक्रमको अनुमानित खर्च . पन्ध्र लाख लाग्ने वडाअध्यक्ष मुकुन्द बहादुर पहरीले बताए ।

प्रकाशित मिति : ११ बैशाख २०७६, बुधबार  ७ : ४६ बजे