१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


जग्गा अतिक्रमणबिरुद्ध महानगरलाई स्थानीयको ज्ञापनपत्र


१५ बैशाख २०७६, आइतबार  

0
Shares


लपु संवाददाता
१५ बैशाख ०७६,ललितपुर । सिजी कम्पनीले ललितपुर महानगरपालिका धापाखेलस्थित रहेका सार्वजनिक जग्गा अतिक्रमण गरी प्लानिङ गर्न लागेकोप्रति स्थानीयहरु आक्रोशित भएका छन् । उक्त कार्यको बिरोध गर्दै महानगरमा ज्ञापनपत्र बुझाउन आएका स्थानीयहरुले तत्काल जग्गा अतिक्रमण हुन रोक्न अनुरोध गर्दै संरक्षण गर्न माग समेत गरेका छन् ।
ठूलो संख्यामा आएका स्थानीयहरुले ललितपुर महानगरको ढोकैैमा रोकेर मेयरलाई ध्यानकषर्ण गराए । ललितपुर महानगरपालिका वडा नं. २४ साविक धापाखेल गाविस वडा नं. ९ ख का कित्ता नं. ३५, ३८, ४१, ५८, ७९ र १० का जग्गाहरु मालपोत कार्यालय ललितपुर, नापी कार्यालय ललितपुरमा रहेको श्रेस्ता तथा अभिलेखमा पर्ति जग्गाका रुपमा उल्लेखित छन् ।
ज्ञापनपत्रमा उल्लेख भएअनुसार उक्त पर्ति जग्गाहरुमध्ये कित्ता नं. ३५ बाट रोयल गोर्खाज कम्पनीले ४ आना जग्गा लिएर कम्पाउण्ड पर्खाल लगाएको थियो । त्यसपछि रोयल गोर्खाज कम्पनीले सिजी कम्पनीलाई जग्गा बिक्री गरेको व्यहोरा ज्ञापनपत्रमा उल्लेख छ ।


स्थानीयहरुले सार्वजनिक जग्गा संरक्षण समिति, धापाखेलका संयोजक वेदनाथ दाहालको संयोजकत्वमा काठमाण्डौं उपत्यका विकास प्राधिकरण जिल्ला आयुक्तको कार्यालय, ललितपुरलाई समेत ज्ञापनपत्र बुझाएका छन् ।
सिजी कम्पनीले महत्वपूर्ण स्थानका सार्वजनिक जग्गा लिएर प्लानिक परमिट लिने र कामै नलाग्ने स्थानमा मात्रै सार्वजनिक भनि सट्टापटा गरी फिल्ड कायम गर्न खोजेको स्थानीयहरुको आरोप छ ।
ज्ञापनपत्र बुझ्दै ललितपुर महानगरपालिका मेयर चिरीबाबु महर्जनले सार्वजनिक जग्गाको संरक्षण गर्ने वताए । मेयर महर्जनले भने,‘डव्लुएचओको मान्यता अनुसार ३० प्रतिशत खाली जग्गा चाहिन्छ, तर महानगरभित्र ४ प्रतिशत पनि छैन, तसर्थ सार्वजनिक जग्गाहरुको संरक्षण गर्न हामी कुनै पनि सम्झौता गर्दैनौ ।’
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हरि दाहालले सार्वजनिक जग्गा संरक्षणका काम हुन नसकेकोमा महानगरपालिकाका तर्फबाट मेयरले पहल गर्नुपर्ने वताए ।
नेपाली काँग्रेस ललितपुरका सभापति मदनबहादुर अमात्यले आफु स्थानीयहरुको पक्षमा रहेको वताउँदै सार्वजनिक जग्गाको संरक्षण गर्नका लागि सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

प्रकाशित मिति : १५ बैशाख २०७६, आइतबार  ६ : ३१ बजे