६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


सत्य मोहन जोशीसहित महानगरका नागरिकहरु सम्मानित हुने


१६ बैशाख २०७६, सोमबार  

0
Shares

लपु संवाददाता १६ वैशाख ०७९,पुल्चोक । ललितपुर महानगरपालिकाले ललितपुर महानगरका १ सय वर्ष पुगेका सत्य मोहनजोशीसहित नागरिकलाई सम्मान गर्ने भएको छ । सोमबार आयोजित कार्यक्रममा महानगरका मेयर चिरिबाबु महर्जनले भने, ‘सबै वटामार्फत १ सय बर्ष पुगेका नागरिकहरु सोधखोज गरि सम्मानको व्यवस्था गरिनेछ ।’ महानगरपालिकाले शताव्दी पुरुष सत्यमोहन जोशीको १ सयऔं बर्ष विशेष रुपले मनाउने भएको छ । महानगरपालिकाको यस अघि नै दोश्रो नगरसभाले जोशीको १ सयौं जन्मोत्सव मनाउने निर्णय गरेको थियो । महानगरपालिकाले जोशीको जन्मोत्सव मनाउने सम्बन्धि कार्यक्रमबारे जानकारी दिन आयोजना गरेको कार्यक्रममा आगामी ३० गते महानगरका सबै कार्यालय उहाँरुलाई सार्वजनिक विदा दिने निर्णय भएको जानकारी दिइएको थियो । आगामी ३० गते जोशीलाई नगरपरिक्रमा गरि विशेष पुल्चोकमा कार्यक्रम आयोजा हुनेछ । सो कार्यक्रममा राष्ट्रपति विद्यादेवि भण्डारीको प्रमुख आतित्यता रहेने पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी जन्मशताब्दी महोत्सवका अवसरमा वर्षभरि गरिने कार्यक्रम

१ – नेपाल र भारतको परापूर्व कालदेखिको दौत्य सम्वन्ध रहेको अशोक सम्राटको छोरी चारुमतीको बारेमा ब्याली प्रदर्शन गर्ने ।

२ – सेतो चैत्य पुस्तक अंग्रेजीमा प्रकाशन गर्ने, चारुमति पुस्तक नेपालीमा प्रकाशन गर्ने

३ – विद्यालयको पाठ्य पुस्तकमा उहाँको जीवनी समावेश गर्न पहल गर्ने।

४ -वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको जन्म शताब्दी महोत्सवको सन्दर्भमा निर्माण भएको वेवसाइट मा उहाँसंग सम्बन्धित पाठ्य सामग्रीहरु राख्ने ।

५ – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको जन्म शताब्दी महोत्सवको सन्दर्भमा लेख, रचना र कार्यक्रमहरुको संकलनका लागि दैनिक पत्रिकामा प्रस्ताव आह्वान गर्ने

६ – नेपालका स्थानीय तहहरुलाई समेत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको जन्म शताब्दी महोत्सवको सन्दर्भमा कार्यक्रमहरु आयोजना गर्नका लागि विशेष अनुरोध गर्ने ।

७ – सगरमाथामा ललितपुर महानगरपालिका र वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको तस्विर अंकित व्यानर सगरमाथामा फहराउने ।

८ – नेपाल सरकारसँग समन्वय गरी वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको तस्वीर अंकित हुलाक टिकट प्रकाशन गर्ने ।

९ – नेपाल सरकारसँग समन्वय गरी वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको तस्वीर अंकीत चाँदीको मुद्रा निष्काशन गर्ने । रु २,५०० को – १,००० थान, रु १,०००को २,००० थान, रु। १०० को ५,००० थान सिक्का निष्कनशनको प्रकृयामा रहेको छ ।

१० – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूलाई गोसाईकुण्ड (सिलु) दर्शन गराउने ।

११ – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको दिन चर्या समेटेर अडियो भिडियोको अभिलेख राख्ने ।

१२ – पाटन संङ्ग्रालय भित्रको भण्डारखाल बगैचा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको हातबाट सिलान्यास गराउने ।

१३ – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको प्रतिमा सहित उहाँको नाममा ललितपुर महानगरपालिका क्षेत्रभित्र पार्क निर्माण गरी उपयुक्त सडकलाई उहाँको नामबाट नामाकरण गर्ने ।

१४ – वाङ्मय क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने ब्यक्तित्वलाई वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी सम्मान पदक प्रदान गर्न महानगरपालिका प्रमुखको अध्यक्षतामा छनौट समिति गठन गर्ने ।

१५ – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूद्वारा अरनिको सम्वन्धमा लेखिएका कृति तथा लेखहरुको ब्चअजबष्खष्लन तथा वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको कदर गर्दै नेपाल आर्ट ग्यालरीमा आर्ट प्रदर्शन गर्ने ।

१६ – जगमरु पुखुः (पिम्बहाल पोखरी) मा “मल्लकालिन संगीत साँस्कृतिक साँझ” कार्यक्रम गर्ने ।

१७ – वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी प्रतिष्ठान एवं अध्ययन केन्द्र स्थापना गर्न इच्छुक र सरोकारवालहरुसंग छलफल गर्ने ।

१८ – ललितपुर महानगरपालिकाको स्मारिका अन्तर्गत वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीज्यूको विशेष स्मारिका पुस्तक प्रकाशन गर्ने ।

१९ – विद्घत आयामहरुको विवेचना गर्ने ।

२० – सत्यमोहन जोशीज्यूको जीवन अनुभूतिलाई संग्रहित गर्ने क्रममा उहाँकी धर्मपत्नीको समेत जीवनका भोगाई, अनुभवहरु र वैवाहिक जीवनका बारेमा अनुभवहरु सहितको अडियो, भिडियो सामाग्री संकलन गर्ने

प्रकाशित मिति : १६ बैशाख २०७६, सोमबार  ९ : १७ बजे