१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

फोटोफिचर


धुलाम्मे चापागाँउको कष्टकर जीन्दगी (फोटोफिचर)


१८ बैशाख २०७६, बुधबार  

0
Shares


लपु संवाददाता
ललितपुरको मुख्य बजार चापागाउ आजकल धुलो धुँवाले अस्तव्यस्त छ । निर्माणाधिन सातादोवाटो लेले सडकखण्डको कालोपत्रे निकालेपछि यहाँको सडक जिर्ण छ । मध्य तथा दक्षिण ललितपुरको केन्द्र चापागाँउको साँधुरो सडक लेले नल्लुका खानी क्षेत्रबाट ढुंगा रोडा बोक्ने गाडी आवत जावतका कारण पनि अस्तव्यस्त छ । स्थानीय प्रशासनले टिपरलाई यो बाटो प्रयोग गर्न रोक लगाए पनि जवरजस्ती टिपर यहि बाटो गुड्छन् । प्रहरी र ट्राफिक प्रहरीले टिपर गुडेको नदेखे झैं गरे पछि समस्या झन् विकराल बन्दै छ ।

धुलो धुवाको समस्याका कारण गोदावरी नगरपालिकाले सडकमा पानी राख्ने गरे पनि पछिल्लो समय रोकिएको छ । सडक वरपर बस्ने स्थानीय बासिन्दाहरुले ढलको फोहोर पानी धुले सडकमा हाल्दा प्रधुषण झन् बढेको छ । स्थानीय चापागाँउ ठेचो क्षेत्रमा सडक वरपरका बासिन्दाको स्वास्थ्यमा गम्भिर असर परेको छ । धुलो धुबाकै कारण विरामी पर्ने संख्या बढ्दो छ ।

सडक विस्तारको योजना शुरु भए पनि चापागाँउ,ठेचो र सुनाकोठीका बस्ती उठाउनका लागि सरकारले मुआव्जा नदिदा समस्या झन् जटिल बनेको छ । सडक विस्तारका लागि लामो समय खर्च हुने भन्दै अस्थायी कालोपत्रे गर्ने योजना मन्त्रालयसम्म पुगेको छ । तर सडक कालोपत्रे गरेपछि सडक विस्तारमा बाधा पुग्ने भन्दै रोकिएको छ ।
स्थनाीय सडकको समस्याका सम्बन्धमा जनप्रतिनिधिहरु विभाजित हुनु अर्को समस्या रहेको छ । सडक विस्तारमै जनप्रतिनिधि सहमत हुन नसक्नु,सम्पदालाई भत्काएर सडक विस्तार गर्न सम्भव नहुनु अर्को समस्या हो ।
स्थनीय जनप्रतिनिधिहरुले सडकविस्तार सँगसँगै अस्थायी कालोपत्रे गरेर यहाँका जनतालाई सास्तीबाट मुक्ति दिनु जरुरी छ ।

प्रकाशित मिति : १८ बैशाख २०७६, बुधबार  ६ : ५८ बजे