२२ मंसिर २०८१, शनिबार | Sat Dec 7 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


मच्छिन्द्रनाथ जात्राका लागि ५० लाख


२० बैशाख २०७६, शुक्रबार  

0
Shares

लपु संवाददाता
१९ वैशाख ०७६,पाटन । उपत्यककाकै लामो समयसम्म चल्ने मच्छिन्द्रनाथ जात्राका लागि रु. ५० लाख विनियोजन गरिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले वताएका छन् । उनले भने, ‘रथ निर्माणका लागि आवश्यक काठ,वेत र डोरीका साथै रथ निर्माणमा विभिन्न सम्प्रदायका व्यक्तिहरुका लागि ज्याला र खाजा खर्च हुन्छ ।’ पौडेलका अनसार मच्छिन्द्रनाथको रथ सँगै मीननाथको रथ पनि सँगसँगै यात्रा गराइने हुँदा मीननाथ रथको समेत खर्च जोड्दा यति रकम आवश्यक परेको हो ।
मच्छिन्द्रनाथको रथ निर्माणका लागि पाटनका बोसी,वाराही,यवाल र हकुद्वारा मच्छिन्द्रनाथ निर्माण हुने गर्दछ । मच्छिन्द्रनाथ मन्दिरका लागि सानदान,सौर,लाकुरी,मयल जातका काठ किनिएको पौडेलले बताए । रथ कस्नका लागि वेत इण्डियाको आसामबाट ल्याएको उनले बताए ।
गतबैशाख ८ गतेबाट ललितपुरको पुल्चोकमा निर्माण शुरु गरिएको छ ।

आगामी आइतबार वैशाख शुक्ल प्रतिपदाका दिन मन्छिन्द्रनाथलाई रथारोहण गरिदैछ भने आगमी वुभबार वैशाख शुक्ल चतुर्थीको दिन २५ गते मच्छिन्द्रनाथ र मीननाथको रथयात्रा शुरु हुँदैछ ।

प्रकाशित मिति : २० बैशाख २०७६, शुक्रबार  ९ : ०६ बजे